पियुको अन्तर्राष्ट्रियस्तरको कार्यशाला

आदर्श समाज सम्वाददाता
कार्तिक १३, २०७५

पोखरा, १२ कात्तिक। पोखरा विश्वविद्यालयको आयोजना तथा इरास्मस र युरोपियन युनियन कार्यक्रमको सहयोगमा अन्तर्राष्ट्रियस्तरको इन्टिग्रेटिङ ट्यालेन्ट डेभलपमेन्ट इन्टु इनोभेशन इकोसिस्टम्स इन हाइअर एजुकेशन -इनोटल) दोस्रो सहयोग कार्यशाला र व्यवस्थापन बैठक पोखरामा शुरू भएको छ।

दुर्इ दिनसम्म चल्ने कार्यक्रममा उच्च शिक्षामा उद्यमशीलता, नयाँ सोच तथा प्रतिभाको विकास, रोजगार र अनुसन्धानलाई बढावा दिने मूल उद्देश्यका साथ सञ्चालित उक्त अन्तर्राष्ट्रियस्तरको कार्यशालामा युरोपियन पार्टनर युनिभर्सिटीका नेपाल लगायत ८ राष्ट्रका १४ वटा विश्वविद्यालयका करीव ४० बढी प्रतिनिधिहरूले भाग लिएका छन्।

कार्यक्रमलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी प्रसाद शर्मा र  बुल्गेरियाका युरोपियन सेन्टर फर क्वालिटि -इसिक्यू)का संयोजक डा. जि. डिमोट्रोभाले सम्बोधन गरेको जानकारी पियुका सूचना अधिकृत लोकप्रसाद ढकालले दिए।

Related News

सम्बन्धित समाचार

hero news full width