Worldlink ads

जेसी आई पोखराद्वारा शुभकामना आदान प्रदान

आदर्श समाज सम्वाददाता
कार्तिक १३, २०७५

पोखरा, १२ कात्तिक ।जेसीआई पोखराले शनिबार पोखरामा व्यवसायिक विकास क्षेत्र अन्तर्गतको शुभकामना आदानप्रदान तथा पारिवारिक वनभोज कार्यक्रमको आयोजना गर्‍यो ।

१८ देखी ४० वर्षभित्रका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था जेसिआई पोखराले सोही अवसरमा  मिस पोखरा कार्यक्रम २०१८ को औपचारिक समापनसमेत गरेको हो ।

कार्यक्रममा असोजको २० गते पोखरा सभागृह हलमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा सम्पन्न हिमाअस मिस पोखराका, मुख्य प्रायोजक हिमा अस एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक समिर थापामगर, प्रेजेन्टर कोसेली हेल्थ सनफ्लावर तेलका किशोरकुमार श्रेष्ठ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेस प्रमुख मणिराज लामिछाने, पोखरा उध्योग वाणिज्य संघका सदस्य सोबित पौडेल, जेसीआई पोखराका पूर्व अध्यक्ष तथा नेपाल जेसिजका उपाध्यक्ष गोबिन्द देवकोटा पूर्व अध्यक्षहरु नारायण शर्मा, दयाराम गौतम, पशुपति शर्मा, बिष्णुबहादुर थापा, छवि सुवेदी मिस पोखरा २०१७ ममता जोशी, मिस पोखरा २०१८ सारा बजिमय, पोखरा लेडी जेसिज तथा लेखनाथ जेसिजको सहभागिता थियो ।

सन्तोष ओझाले जेसिजको आस्था पाठ पढेर सुरु गरेको कार्यक्रममा बच्चाहरुको तथा वयस्कहरुका लागि म्यूजिकल चियर घैंटो फूर्टाई कार्यक्रम समावेश गरिएको थियो ।

बनभोज कार्यक्रमको संयोजन सूर्यबहादुर केसि र शुभकामना आदानप्रदान कार्यक्रमको संयोजन सुरेन्द्र बास्तोलाले गरेका थिए । जेसिआई पोखराका अध्यक्ष शिव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सूर्यबहादुर के.सी. र महासचिव गणेश गिरीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • लुम्बिनी विकास बैंक र कुटी रिसोर्टबीच सम्झौता

      आदर्श समाज सम्वाददाता असाेज ११, २०७८
      पोखरा, ११ असोज । लुम्बिनी विकास बैंक लि. ले पोखरा लेकसाइडस्थित कुटि रिसोर्ट प्रालिमा आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा…
    • शवदाह गृहको शिलालेख अनावरण

      आदर्श समाज सम्वाददाता असाेज ११, २०७८
      गगनगौंडा । पोखरा ३० गगनगौंडास्थित सतीघाटमा रहेको शवदाह गृहको आइतबार शिलालेख अनावरण गरिएको छ । स्थानीय चन्दादाता र सामुदायिक वनको…
    • सुइँखेतवासी ४० वर्षदेखि पानीको प्रतीक्षामा

      श्रीभद्र पौडेल असाेज ११, २०७८
      हेमजा । पोखरा–२५, सुइँखेतकी भगवती अधिकारी आइतबार बिहान निकै प्रशन्न देखिइन् । उनले गाउँको १ कार्यक्रममा सहभागी २० बढी अतिथिलाई…
    • सोलारको प्रसारण लाइन बिस्तारमा स्थानीयको अवरोध

      आदर्श समाज सम्वाददाता असाेज ११, २०७८
      लेखनाथ । कास्कीको रुपा गाउँपालिकास्थित नेपाल सोलार फार्म आयोजनाबाट उत्पादित ३३ केभी विद्युत प्रसारण लाइन बिस्तारमा पोखरा ३० र ३१…
    • पोखराको पर्यटनमा ग्रीन सिग्नल !

      प्रकाश ढकाल असाेज ११, २०७८
      पोखरा । असोज १ गतेदेखि गण्डकीका सबै गन्तव्य खुला भएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र मनास्लु संरक्षण क्षेत्र…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads