लेखनाथ निर्माण ब्यवसायीमा गुरुङ

आदर्श समाज सम्वाददाता
कार्तिक १२, २०७५
Nirman Byabasayi, ram b gurung

लेखनाथ, ११ कात्तिक।लेखनाथ निर्माण ब्यवसायी समितिको प्रथम बाषिर्क साधारणसभाले आगामी तीन वर्षा लागि रामबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सर्वसम्मत् रुपमा चयन भएको समितिको बरिष्ठ उपाध्यक्षमा प्रेमवहादुर थापा, उपाध्यक्षमा भीमबहादुर नेपाली -काँइला), सचिवमा भविन पुन, कोषाध्यक्षमा कृष्णबहादुर विक र सह-सचिवमा पूर्णबहादुर सुनार छन् ।

यसैगरि, समितिको सदस्यहरुमा मंगल कामी, राम तामाङ, जीवन परियार, एकबहादुर नेपाली, रविलाल सुवेदी, आसबहादुर विक र दानबहादुर सार्की छन् ।

यसअघि, कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले हाम्रो पोखरालाई सुन्दर पोखरा बनाउन निर्माण ब्यवसयीहरुको महत्वपूर्ण भूमिका भएकाले गुणस्तरिय सामग्रीको प्रयोग गरी भूकम्प प्रतिरोधात्मक घर निर्माणलाई पहिलो प्रथामिकता दिन अनुरोध गरे ।

लेखनाथ निर्माण ब्यवसायी समितिका अध्यक्ष किसानसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २९ का वडाअध्यक्ष चेतवहादुर गुरुङ, पोखरा निर्माण ब्यवसायी समितिका सचिब नवराज बस्नेत, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, सप्तगण्डकी आरएमसीका अध्यक्ष राजेन्द्र ओझा, गण्डकी समन्वय प्रालिका अध्यक्ष रामजी सिके र आदर्श युवा क्लवका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीलगायतले अस्वस्थ प्रतिस्पर्धा भन्दापनि गुणस्तरिय निर्माणलाई ब्यवसायीहरुले ध्यान दिनुपर्ने सुझाव राखेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width