लेखनाथ, २८ असोज ।पूर्व स्वाथ्यमन्त्री तथा प्रतिनिधीसभा सदस्य खगराज अधिकारीले अपराध गर्ने जो कोहीपनि कसैका नहुने जोड औंल्याएका छन्।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाले आइतवार राखेको शुभकामना आदानप्रदान एवं बधाई कार्यक्रममा बोल्दै अधिकारीले अपराधिक मनोबल भएको जोकोही न कुनै पार्टीको हुन्छ, न आफन्त नै त्यसैले अपराधको नियन्त्रणका लागि टोलटोल र घरघरबाट अभियान संचालन गर्नुपर्ने सुझाव दिए।
समाजमा ब्याप्त अपराधजन्य घटनालाई न्युनिकरण गर्नका लागि सामुदायिक सेवा केन्द्रले खेलेको भुमिका महत्वपूर्ण भएको विचार राख्दै पाप र धर्मीको ख्यान नगर्नेहरू अहिले अपराधीक कार्यमा लागेको हुदाँ उनिहरूलाई हतोसाहित बनाउनका लागि हदै सम्मको कारवही गर्नु पर्छ नेता अधिकारीको भनाई रहेका थियो ।
सोही अवसरमा प्रदेश संसाद दिपक कोइरालाले कानूनको दायरामा ल्याएर अपराधीलाई कारवाही गर्नुपर्नेमा जोड दिए। कास्कीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक ओम रानाले अपराध गर्ने अपराधी हुने बताउँदै त्यसको नियन्त्रणका लागि कास्की प्रहरी अभियानका रुपमा अगाडि बढेको धारणा राखे।
सेवा केन्द्रका अध्यक्ष रमेश ओझाको अध्यक्षतामा भएको सो कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, सामुदायिक सेवाकेन्द्र कास्कीका नवनिर्वाचित अध्यक्ष सोमनाथ बास्तोला, लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष विष्णु बराललगायतले आ-आफ्नो धारणा राखे।सोही अवसरमा जिल्ला समान्वय समिति कास्कीका अध्यक्ष सोमनाथ बास्तोलालगायत पदाधिकरीहरुलाई सम्मान गरिएको थियो।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१