Worldlink ads

शुभकामना सहकारीमा बरुवाल

आदर्श समाज सम्वाददाता
असाेज २९, २०७५

पोखरा, २८ असोज। पोखरा-८ स्थित शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वाषिर्क साधारण तथा चौथो अधिवेशनले गोकर्णबरुवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा प्रेमशंकर बरुवाल, सचिवमा लोकबहादुर भण्डारी, कोषाध्यक्षमा ठाकुरप्रसाद सापकोटा, सह-सचिवमा गोपाल बहादुर घिमिरे र सदस्यमा इन्द्रबहादुर कार्की, बमबहादुर मल्ल, दलबहादुर जिसी, गोपाल श्रेष्ठ, आशा गुरुङ, मिनाकुमारी पुन छन् ।

टेकराज तिमिल्सिनाको संयोजकत्वमा गठित लेखा (सुपरपवेक्षण) समितिको सदस्यमा झलकनाथ शर्मा र चिरञ्जिवीकुमार श्रेष्ठ छन् ।

ऋण उपसमिति संयोजकमा इन्द्रबहादुर कार्की र सदस्यमा हर्कबहादुर भण्डारी, सूर्य पुन छन् भने शिक्षा समिति संयोजकमा चिरन्जिवी पौडेल र सदस्यमा कल्पना सापकोटा छन् ।

रामचन्द्र पौडेल संयोजक तथा क्षेत्रबहादुर खत्री र ठकराज बरुवाल सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत रुपमा पदाधिकारी एवं सदस्य चयन गरेको हो । साधारणसभा उद्घाटन गर्दै कास्की बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष सुदीप ढकालले सहकारी आर्थिक सम्वृद्धिको बाटो भएकोले उल्लेख गरे ।

परोपकार बचत तथा ऋण सहकारीका अध्यक्ष विष्णु बरालले सहकारीका लागि बनेको वर्तमान ऐन नियमका कारण सहकारीहरु सञ्चालनमा दुविधा रहेको बताए ।

त्यसअवसरमा ज्येष्ठ शेयर सदस्य कुल बहादुर बरुवाल, उत्कृष्ठ कारोवारी सदस्य मिनाकुमारी पुन, उत्कृष्ठ कर्मचारी अन्जु कार्की (दंगाल) र विद्यार्थी सुप्रिया भण्डारीलाई सम्मान गरिएको थियो ।  कार्यक्रममा संस्थापक अध्यक्ष नर बहादुर कार्की, सल्लाहाकार रमेश पौडेल, शेयर सदस्य दुर्गाबहादुर घिमिरे र हेमकुमारी अधिकारीले बोलेका थिए ।

सहकारीका अध्यक्ष दल बहादुर जि.सीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समितिका संयोजक डा.जगन्नाथ रेग्मीले स्वागत र सचिव प्रेमशंकर बरुवालले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • नेप्सेमा उच्च गिरावट

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका…
    • कच्चा पदार्थकोे मूल्य बढ्दा तेलको मूल्य बढ्यो

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक…
    • बुधबारदेखि सरकारले खर्च खर्च गर्न नपाउने

      रासस भाद्र २९, २०७८
      काठमाडौं । विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट बुधबारदेखि खर्च गर्न नपाउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि सङ्घीय…
    • व्यवसायीको क्षमता विकास मेरो एजेन्डा : भट्टराई

      आदर्श समाज सम्वाददाता भाद्र २९, २०७८
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशनमा द्वितीय उपाध्यक्ष पदमा व्यवसायी शैलेन्द्रमोहन भट्टराईले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्…
    • नेप्सेमा झिनो अङ्कको वृद्धि

      रासस भाद्र २८, २०७८
      काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads