पोखरा, २८ असोज ।पोखरा-९, नयाँबजार, सिद्धमार्गस्थित चारभञ्ज्याङ तमु समाज पोखराले स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
समाजघरमा आइतवार आयोजित कार्यक्रममा पाँचौं संस्करणको मिस गण्डकी २०१८ को उपाधि विजेता समाजकी लक्ष्मी गुरुङलाई बधाईकासाथ सम्मान र विदेशबाट घरबिदामा आएका समाजका सदस्यहरुलाई स्वागत गरिएको थियो ।चारभञ्ज्याङ तमु समाज पोखराकी सक्रिय सदस्य राजकुमारी गुरुङको नातिनी छोरा कमल गुरुङ र बुहारी मुना गुरुङको छोरी लक्ष्मी गुरुङले हालै सम्पन्न पाँचौ संस्करणको मिस गण्डकी २०१८ को उपाधि जित्दै समाजको गौरब बढाएको भन्दै समाजका अध्यक्ष प्रदिपकुमार गुरुङ र आमा समूहकी अध्यक्ष डम्बरकुमारी गुरुङले घलेक, खादा, बुकेलगायतले बधाईकासाथ सम्मान गर्नुभएको हो।
यसरी नै युकेबाट घरविदामा आएका समाजका सदस्यहरु किसानसिंह गुरुङ र बुद्धकुमारी गुरुङ, जापानबाट आएका कुलबहादुर गुरुङ र भिममाया गुरुङ, स्मृति गुरुङ र सुजित गुरुङ, कुमार गुरुङ र पार्वती गुरुङलगायतलाई भाङ्ग्रा, घलेक, खादा र बुकेले स्वागत गरिएको थियो।
कार्यक्रममा मिस गण्डकी २०१८ लक्ष्मी गुरुङले मन्तव्य व्यक्त गर्नुहुदै उपाधि हासिल गर्न समाजका सदस्यहरुको योगदान रहेको भन्दै धन्यवाद व्यक्त गरिन् । उनले समाज र युवाहरुका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो। कार्यक्रममा समाजका सचिव, चलचित्र निर्देशक माओत्सेतुंग गुरुङले आफ्नो आगामी चलचित्रमा मिस गण्डकी लक्ष्मी गुरुङलाई नायिकाका लागि अवसर प्रदान गर्ने घोषणा गरेका थिए ।
समाजका अध्यक्ष प्रदिपकुमार गुरुङको अध्यक्षता र सचिव माओत्सेतुंग गुरुङको संचालनमा भएको कार्यक्रममा समाजका सल्लाहकारद्वय क्या.धर्मलाल गुरुङ र क्या.चन्द्रप्रसाद गुरुङले मन्तव्य व्यक्त गर्दै समाजमा हार्दिकता, एकता, क्रियाशीलताका लागि आग्रहसमेत गरे ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
hero news full width
मुख्य समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९