Worldlink ads

चारभञ्ज्याङ तमु समाजमा सम्मान

आदर्श समाज सम्वाददाता
असाेज २९, २०७५
char bhanjyang miss

पोखरा, २८ असोज ।पोखरा-९, नयाँबजार, सिद्धमार्गस्थित चारभञ्ज्याङ तमु समाज पोखराले स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

समाजघरमा आइतवार आयोजित कार्यक्रममा पाँचौं संस्करणको मिस गण्डकी २०१८ को उपाधि विजेता समाजकी लक्ष्मी गुरुङलाई बधाईकासाथ सम्मान र विदेशबाट घरबिदामा आएका समाजका सदस्यहरुलाई स्वागत गरिएको थियो ।चारभञ्ज्याङ तमु समाज पोखराकी सक्रिय सदस्य राजकुमारी गुरुङको नातिनी छोरा कमल गुरुङ र बुहारी मुना गुरुङको छोरी लक्ष्मी गुरुङले हालै सम्पन्न पाँचौ संस्करणको मिस गण्डकी २०१८ को उपाधि जित्दै समाजको गौरब बढाएको भन्दै समाजका अध्यक्ष प्रदिपकुमार गुरुङ र आमा समूहकी अध्यक्ष डम्बरकुमारी गुरुङले घलेक, खादा, बुकेलगायतले बधाईकासाथ सम्मान गर्नुभएको हो।

यसरी नै युकेबाट घरविदामा आएका समाजका सदस्यहरु किसानसिंह गुरुङ र बुद्धकुमारी गुरुङ, जापानबाट आएका कुलबहादुर गुरुङ र भिममाया गुरुङ, स्मृति गुरुङ र सुजित गुरुङ, कुमार गुरुङ र पार्वती गुरुङलगायतलाई भाङ्ग्रा, घलेक, खादा र बुकेले स्वागत गरिएको थियो।

कार्यक्रममा मिस गण्डकी २०१८ लक्ष्मी गुरुङले मन्तव्य व्यक्त गर्नुहुदै उपाधि हासिल गर्न समाजका सदस्यहरुको योगदान रहेको भन्दै धन्यवाद व्यक्त गरिन् । उनले समाज र युवाहरुका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो। कार्यक्रममा समाजका सचिव, चलचित्र निर्देशक माओत्सेतुंग गुरुङले आफ्नो आगामी चलचित्रमा मिस गण्डकी लक्ष्मी गुरुङलाई नायिकाका लागि अवसर प्रदान गर्ने घोषणा गरेका थिए ।

समाजका अध्यक्ष प्रदिपकुमार गुरुङको अध्यक्षता र सचिव माओत्सेतुंग गुरुङको संचालनमा भएको कार्यक्रममा समाजका सल्लाहकारद्वय क्या.धर्मलाल गुरुङ र क्या.चन्द्रप्रसाद गुरुङले मन्तव्य व्यक्त गर्दै समाजमा हार्दिकता, एकता, क्रियाशीलताका लागि आग्रहसमेत गरे ।

Related News

सम्बन्धित समाचार

    • सहारा एकेडेमीको अक्षयकोषमा १५ लाख सहयोग

      आदर्श समाज सम्वाददाता माघ ५, २०७८
      पोखरा । सहारा क्लब पोखराले सञ्चालन गर्दै आएको सहारा एकेडेमीको अक्षयकोषमा रकम संकलन भएको छ । अक्षयकोषका लागि क्लब र ओएभिएस…
    • कोरोनाले लोककवि अलिमियाँ फुटबल प्रतियोगिता स्थगित

      आदर्श समाज सम्वाददाता माघ १, २०७८
      पोखरा । कोरोना महामारीको प्रभावका कारण तेस्रो लोककवि अलिमियाँ स्मृति खुला सेभेन ए साइड फुटबल प्रतियोगिता स्थगित भएको छ। आयोजक…
    • ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      हेमजा । पोखरा हेमजा निवासी ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण गरिएको छ । वडास्तरीय ज्येष्ठ नागरिक समितिले विशेष भेलाको आयोजना गरी…
    • प्रहरीद्वारा मास्क वितरण

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । पोखराको तुल्सीघाटस्थित अस्थायी प्रहरी बिटका प्रहरी तथा समाजसेवीको सहयोगमा १ हजार ५ सय मास्क वितरण गरिएको छ ।…
    • महिला उद्यमी संघको साक्षरता

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । महिला उद्यमी संघ नेपाल कास्कीले सातौं साधारण सभा अवसरमा कानुनी एवं बैंकिङ साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा…

    hero news full width