काँग्रेस नेता बास्तोलाको निधन

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७५
Chakra-Prasad-Bastola-Custom

पोखरा, २७ असोज । नेपाली काँग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ । झण्डै छ वर्षसम्म मस्तिष्कघातबाट बिरामी बास्तोला ७४ वर्षका थिए ।

दिउँसो नै उनको निधन भएको खबर सार्वजनिक भए पनि शनिबार राति ९ बजेर २० मिनेटपछि मात्र उनको शरीरका अंगले काम गर्न छोडेको उनका निजी सचिव राधाकृष्ण काफ्लेले आदर्श समाजलाई जानकारी दिए।त्यस्तै, मेडिकल रिपोर्टअनुसार भने उनको निधन राति १० बजेर २० मिनेटमा भएको उल्लेख छ।

२०६९ साल पुसदेखि मस्तिष्कघातबाट बिरामी काँग्रेसका पूर्व केन्द्रीय सदस्य बास्तोलाको पछिल्लो समय घरमै उपचार हुँदैआएको थियो। काँग्रेस नेता बास्तोलाका दुर्इ छोरीमध्ये कान्छी छोरी लण्डन रहेको र उनी नेपाल आएपछिमात्र अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width