पोखरा, २७ असोज । हेरालो प्रतिष्ठान कास्कीको १७ औं साधारणसभा शनिवार पोखरामा भएको छ । विभिन्न सामाजिक अभियानमा सक्रिय प्रतिष्ठानले विद्यार्थीलाई छात्रवृत्ति वितरण सहित साधारणसभा गरेको हो । साधारणसभालाई सम्बोधन गर्दै स्वतन्त्र पत्रकार संघका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले समाजसेवामा संस्थाको लगाव प्रशसंनीय भएको बताए ।
‘पछिल्लो समय खुलेका सामाजिक संघसंस्थाहरु कामभन्दा बढी प्रचारमा ब्यस्त छन् । फिल्डमा पुगेर आफ्नो लक्ष्य अनुसार काम गर्ने संस्था निकै कम छन्,’ प्रमुख अतिथि बास्तोलाले भने, ‘तर हेरालो फिल्डमै पुग्छ । पीडितहरुलाई सहयोग गर्छ । यो प्रशंसनीय काम हो ।’
साधारणसभा अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।
एल एञ्जल स्कूलका फलबहादुर तामाङ, अमर तामाङ, माछापुच्छ्रे माविका प्रितम घले, विना गुरुङ, कृष्णबहादुर विक, सिर्जना आवासीय स्कूल सराङ्कोटकी प्रिया विक, रोजिना विक र गोगन माविकी चाहाना पुनलाई छात्रवृत्ति दिइएको हो । विना र चाहानालाई जनही आठ हजार र बाँकी विद्यार्थीलाई जनही ५ हजार दरले छात्रवृत्ति प्रदान गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा समाजसेवी तथा तमु धिं युकेका सल्लाहकार डा चन्द्रबहादुर गुरुङ, तमु सांस्कृतिक प्रतिष्ठानका कोषाध्यक्ष भीमकाजी गुरुङ, माउण्ट अभोरा मन्टेसरी संचालक कञ्चन गुरुङ लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष झमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यामबहादुर रानाभाट र उपाध्यक्ष चित्र गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पूर्व अध्यक्ष नीरज थापाले संस्थाको प्रगतिबारे जानकारी गराएका थिए । सोही अवसरमा संस्थाका कोषाध्यक्ष इ. धनराज पुरीलाई उत्कृष्ट सदस्यको रुपमा सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
कथा सुन्न भक्तजनको आकर्षण
पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी
प्रकट पगेनी ‘शिव’ को निधन
नयाँ वर्षमा एगाको सहयोग
दरौंखोला समाजको भित्तेपात्रो
hero news full width
मुख्य समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१