पोखरा, २७ असोज। पोखरा-७, घारीपाटनस्थित सफल बचत तथा ऋण सहकारी संस्था लि.को ११ औं वाषिर्क साधारणसभाका वक्ताले उत्पादन क्षेत्रतर्फ लगानी वृृद्धिमा जोड दिएका छन् । छरिएर रहेको पुँजी एकीकृत गर्न सफल सहकारी संस्थाहरुले बचत संकलनमात्र नभई सेयर सदस्यद्वारा उत्पादित वस्तु बजारमा ल्याउनुपर्ने उनीहरुको जोड छ ।
वडाध्यक्ष तीर्थराज अधिकारीले साधारणसभा उद्घाटन गर्दै मुलुकको समृद्धिका लागि सहकारीमा रहेको रकम उत्पादनमूलक कार्यमा लगानी गर्नुपर्ने औँल्याए। पोखरामा मात्र ३ सय १९ वटा सहकारी संस्थामा अबौ रकम रहेको उल्लेख गर्दै उनले त्यसका लागि महानगरसँग समन्वय गरेर अगाडि बढ्न तयार रहेको जानकारी दिए।
पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बरालले मुलुकका ग्रामीण क्षेत्रको बाँझो जग्गा उपयोगमा ल्याउनेर्तर्फ सहकारी संस्थाले सोच्नुपर्ने विचार व्यक्त गरे।
कार्यक्रममा सेयर सदस्यका ८० वर्ष उमेर नाघेका चार जना आमाबुबा र दश जोड दुर्इदेखि स्नातकोत्तर तहमा सवोर्त्कृष्ट अंक ल्याउने छात्रछात्रालाई सम्मान गरिएको थियो।
पोखरा १७ घारीपाटनकी अञ्जना गुरुङले एकमात्र खुट्टाले नृत्य प्रस्तुत गरी सहभागीलाई मनोरञ्जन दिलाइन् ।
सो अवसरमा सहकारी र उपस्थित सेयर सदस्यले गुरुङलाई प्रोत्साहनस्वरुप संकलन भएको १८ हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो।
उक्त अवसरमा महानगर कार्यपालिका सदस्य राधिका योगी शाही, सल्लाहकार अनिल शाही र हरिप्रसाद श्रेष्ठ, पूर्व परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारे, सम्मानित विद्यार्थी अनिषा राणालगायतले बोलेका थिए।
संस्था अध्यक्ष हरि बास्तोलाले वाषिर्क प्रतिवेदन, कोषाध्यक्ष पवित्रा जिसीले आर्थिक र लेखा सुपरीवेक्षण समितिका संयोजक रुकुमबहादुर जिसीले लेखा प्रतिवेदान प्रस्तुत गरेका थिए।
संस्थाका अध्यक्ष हरि बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष वासुदेव पौडेलले स्वागत, सचिव धनबहादुर रानाभाट र शिक्षा उपसमिति संयोजक गणेश श्रेष्ठले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
वित्तीय साक्षरता तालिम
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
वित्तीय संस्था कर्मचारी संघमा याम
बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
चर्को ब्याजविरुद्ध पोखरामा रिले अनसन
hero news full width
मुख्य समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९