‘सहकारीको लगानी उत्पादन क्षेत्रमा हुनुपर्छ’

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७५
Safal Sahakari_Fotor

पोखरा, २७ असोज।  पोखरा-७, घारीपाटनस्थित सफल बचत तथा ऋण सहकारी संस्था लि.को ११ औं वाषिर्क साधारणसभाका वक्ताले उत्पादन क्षेत्रतर्फ लगानी वृृद्धिमा जोड दिएका छन् । छरिएर रहेको पुँजी एकीकृत गर्न सफल सहकारी संस्थाहरुले बचत संकलनमात्र नभई सेयर सदस्यद्वारा उत्पादित वस्तु बजारमा ल्याउनुपर्ने उनीहरुको जोड छ ।

वडाध्यक्ष तीर्थराज अधिकारीले साधारणसभा उद्घाटन गर्दै मुलुकको समृद्धिका लागि सहकारीमा रहेको रकम उत्पादनमूलक कार्यमा लगानी गर्नुपर्ने औँल्याए। पोखरामा मात्र ३ सय १९ वटा सहकारी संस्थामा अबौ रकम रहेको उल्लेख गर्दै उनले त्यसका लागि महानगरसँग समन्वय गरेर अगाडि बढ्न तयार रहेको जानकारी दिए।

पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बरालले मुलुकका ग्रामीण क्षेत्रको बाँझो जग्गा उपयोगमा ल्याउनेर्तर्फ सहकारी संस्थाले सोच्नुपर्ने विचार व्यक्त गरे।

कार्यक्रममा सेयर सदस्यका ८० वर्ष उमेर नाघेका चार जना आमाबुबा र दश जोड दुर्इदेखि स्नातकोत्तर तहमा सवोर्त्कृष्ट अंक ल्याउने छात्रछात्रालाई सम्मान गरिएको थियो।

पोखरा १७ घारीपाटनकी अञ्जना गुरुङले एकमात्र खुट्टाले नृत्य प्रस्तुत गरी सहभागीलाई मनोरञ्जन दिलाइन् ।

सो अवसरमा सहकारी र उपस्थित सेयर सदस्यले गुरुङलाई प्रोत्साहनस्वरुप संकलन भएको १८ हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो।

उक्त अवसरमा महानगर कार्यपालिका सदस्य राधिका योगी शाही, सल्लाहकार अनिल शाही र हरिप्रसाद श्रेष्ठ, पूर्व परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारे, सम्मानित विद्यार्थी अनिषा राणालगायतले बोलेका थिए।

संस्था अध्यक्ष हरि बास्तोलाले वाषिर्क प्रतिवेदन, कोषाध्यक्ष पवित्रा जिसीले आर्थिक र लेखा सुपरीवेक्षण समितिका संयोजक रुकुमबहादुर जिसीले लेखा प्रतिवेदान प्रस्तुत गरेका थिए।

संस्थाका अध्यक्ष हरि बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष वासुदेव पौडेलले स्वागत, सचिव धनबहादुर रानाभाट र शिक्षा उपसमिति संयोजक गणेश श्रेष्ठले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width