लेखनाथ, २७ असोज। लेखनाथ नगर क्षेत्रमा व्यवस्थित खानेपानी प्रबन्ध गर्दै आएको लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १४ औं वाषिर्क साधारणसभा सम्पन्न भएको छ।
पूर्व स्वास्थ्य मन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले पानीका कारण ८० प्रतिशतभन्दा बढी रोग लाग्न सक्ने भएकाले हामीले प्रयोग गर्ने पानी शुद्ध र सफा हुनु पर्ने बताए । जनताबाट संचालित सो योजनामा सरकारको पनि सहयोग रहनु पर्ने भएकाले उपल्लो निकायसम्म कुरा पुर्याउन आफू तयार रहेको उनले बताए ।
पानी शुद्धिकरणदेखि पहाडी भू-भागमा खानेपानीको सुविधा विस्तारका योजना प्रभावकारी रुपमा अघि बढाउन सुझाव दिँदै उनले भने, ‘हामीले खानेपानी मुहानदेखि मुखसम्म आइपुग्दा पानी कसरी शुद्ध गर्न सकिन्छ भन्नेबारे चिन्तनशील हुनुपर्छ ।’
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले यस क्षेत्रका जनतालाई कसरी सर्वसुलभ तरिकाले खानेपानी पुर्याउन सकिन्छ भन्नेबारे महानगरपालिका जानकार भएको उल्लेख गर्दै योजना लिएर आए, सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा प्रदेश संासद दीपक कोइरालाले विकास भनेको शिक्षा, स्वास्थ्य, बाटो, पुल, कुलो-कुलेसा मात्र नभई सर्वसुलभ तरिकाले खानेपानी उपलब्ध गराउनु पनि विकास भएकाले प्रदेश सरकार यसतर्फ गम्भीरताका साथ लागेको बताए ।
संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयका क्षेत्रीय निर्देशक रमाकान्त दवाडी, वडा २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ, भरतपोखरी साना शहरी खानेपानी आयोजना अध्यक्ष केशर निदोर्षी, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी लगायतले आ-आफ्नो धारणा राखेका थिए। सोही अवसरमा संस्थाका पूर्व पदाधिकारी हरिप्रसाद बराल, खेमबहादुर पुन, मनदेवी गुरुङ, कर्मचारी शिवप्रसाद अमात्य र विश्वराज भण्डारी साथै निर्माण कम्पनीका प्रतिनिधिलाई सम्मान गरिएको थियो।
संस्थाका सचिव मुराली शर्माले संचालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष हरिप्रसाद लामिछानेले गरेका थिए।
Related News
सम्बन्धित समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
hero news full width
मुख्य समाचार
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९