लेखनाथ साना शहरी खानेपानीको १४ औँ साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७५
khana pani 27_Fotor

लेखनाथ, २७ असोज। लेखनाथ नगर क्षेत्रमा व्यवस्थित खानेपानी प्रबन्ध गर्दै आएको लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १४ औं वाषिर्क साधारणसभा सम्पन्न भएको छ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले पानीका कारण ८० प्रतिशतभन्दा बढी रोग लाग्न सक्ने भएकाले हामीले प्रयोग गर्ने पानी शुद्ध र सफा हुनु पर्ने बताए । जनताबाट संचालित सो योजनामा सरकारको पनि सहयोग रहनु पर्ने भएकाले उपल्लो निकायसम्म कुरा पुर्‍याउन आफू तयार रहेको उनले बताए ।

पानी शुद्धिकरणदेखि पहाडी भू-भागमा खानेपानीको सुविधा विस्तारका योजना प्रभावकारी रुपमा अघि बढाउन सुझाव दिँदै उनले भने, ‘हामीले खानेपानी मुहानदेखि मुखसम्म आइपुग्दा पानी कसरी शुद्ध गर्न सकिन्छ भन्नेबारे चिन्तनशील हुनुपर्छ ।’

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले यस क्षेत्रका जनतालाई कसरी सर्वसुलभ तरिकाले खानेपानी पुर्‍याउन सकिन्छ भन्नेबारे महानगरपालिका जानकार भएको उल्लेख गर्दै योजना लिएर आए, सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा प्रदेश संासद दीपक कोइरालाले विकास भनेको शिक्षा, स्वास्थ्य, बाटो, पुल, कुलो-कुलेसा मात्र नभई सर्वसुलभ तरिकाले खानेपानी उपलब्ध गराउनु पनि विकास भएकाले प्रदेश सरकार यसतर्फ गम्भीरताका साथ लागेको बताए ।

संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयका क्षेत्रीय निर्देशक रमाकान्त दवाडी, वडा २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ, भरतपोखरी साना शहरी खानेपानी आयोजना अध्यक्ष केशर निदोर्षी, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी लगायतले आ-आफ्नो धारणा राखेका थिए। सोही अवसरमा संस्थाका पूर्व पदाधिकारी हरिप्रसाद बराल, खेमबहादुर पुन, मनदेवी गुरुङ, कर्मचारी शिवप्रसाद अमात्य र विश्वराज भण्डारी साथै निर्माण कम्पनीका प्रतिनिधिलाई सम्मान गरिएको थियो।

संस्थाका सचिव मुराली शर्माले संचालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष हरिप्रसाद लामिछानेले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width