नेशनल प्याव्सानको खेलकुद महोत्सव तयारी

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७५
npabson_Fotor

पोखरा, २७ असोज। नेशनल प्याव्सान कास्कीको वाषिर्क साधारणसभा शनिबार सम्पन्न भएको छ।

कार्यक्रममा एन प्याव्सानका गण्डकी प्रदेश अध्यक्ष याम खड्काले शिक्षा विधेयक २०७५, एन प्याव्सान कास्कीका उपाध्यक्ष शिवदत्त तिवारीले खेलकुद महोत्सव र भीमप्रसाद न्यौपाने नयाँ परिमार्जित पाठ्यक्रमसम्बन्धी जानकारी गराए।

एन प्याव्सान कास्कीले मंसिर १८ देखि २१ गतेसम्म खेलकुद महोत्सव समेत गर्ने जनाएको छ। हाल एन प्याव्सान कास्कीमा ४५ विद्यालय आवद्ध छन्।

कार्यक्रम उद्घाटन गर्दै एन प्याव्सानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले निजी विद्यालयका समस्याका विषयमा केन्द्रले सधैँ वकालत गर्ने बताए।

एन प्याव्सानका गण्डकी प्रदेश अध्यक्ष याम खड्काले प्रदेशलाई बलियो बनाउने काम जिल्लाको भएको बताए।

एन प्याव्सानका केन्द्रीय सदस्य रामबहादुर थापाले निजी र सरकारी शिक्षा दुवै एउटै भएकाले सरकारले निजी विद्यालयलाई अवहेलना गर्न नहुने बताए।

एन प्याव्सानका पूर्व केन्द्रीय सदस्य हेमन्त अधिकारीले निजी विद्याललाई अफ्ठयारोमा पार्ने काम राज्यले गरेको बताए।

कार्यक्रममा नेशनल प्याव्सान कास्कीका सचिव मनकाजी गुरुङले प्रस्तुत गरेको वाषिर्क प्रगति प्रतिवेदन र कोषाध्यक्ष रत्नाकुमारी गुरुङले प्रस्तुत गरेको आर्थिक प्रगति प्रतिवेदन पारित भएको छ । यस्तै लेखा समिति संयोजक रमेशराज पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे। नेशनल प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सहसचिव प्रेमराज अधिकारीले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width