चण्डिका महिला सहकारीको साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७५
chandika_Fotor

पोखरा, २७ असोज । श्री चण्डिका महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश उपसभामुख सृजना शर्माले महिलाको पहलमा स्थापित सहकारीले समाजलाई टेवा पुग्ने गरी कार्य गरेकोमा खुसी व्यक्त गरिन् । उनले सहकारी माध्यमबाट राष्ट्र समृद्ध बनाउन सबैजना लाग्नुपर्नेमा जोड दिइन् । पोखरा महानगरपालिका वडा १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले संस्थाको सफलताको शुभकामना दिए ।

सो अवसरमा विभिन्न क्षेत्रका सात जनालाई सम्मान गरिएको थियो। सहकारी अध्यक्ष डीलकुमारी जिसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सुनिता उपाध्यायले गरेकी थिइन् ।

पोखरा महानगरपालिका वडा १४, काजीपोखरीस्थित सो सहकारीमा कुल २ सय ४ जना सेयर सदस्य रहेको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width