पोखरा, २७ असोज । नेपाली काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले संघीय संरचना कमजोर हुँदा सरकार आलोचित हुँदै गएको बताएका छन्।
नेपाली काँग्रेस पर्वत-पोखरा सम्पर्क समितिद्वारा शनिवार पोखरामा आयोजित विजयादशमी तथा शुभदीपावली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
केसीले संघीय संरचना धान्नकै लागि देशैभरी कर वृद्धि र स्थानीय तहमा कानून विपरीत कर उठाउने गरेको बताए।
नेता केसीले दशैँ मुखमा सरकारले महँगी बढाएको आरोप लगाउँदै नियन्त्रणका लागि उचित अनुगमन आवश्यक रहेको बताए।
उनले भने, ‘हामी हिन्दूहरुले महिलालाई मातृशक्तिको रुपमा लिँदै आएको बेला महिलामाथि हुने गरेका हिंसा र बलात्कारका घटनाले नेपाली समाज कता जाँदैछ र सरकारले के गर्दैछ भन्ने चिन्ताजनक विषय हो।’
समिति अध्यक्ष बलभद्र शर्माको अध्यक्षतामा भएको कार्यक्रमा काँग्रेस पर्वतका नेता नवराज गुरुङले काँग्रेस एक भएर गएमा अन्य शक्तिले छुन नसक्ने बताए। अर्का नेता राम शर्मा पौडेलले काँग्रेस आफ्नै कारण चुनावमा हार्नु परेको दाबी गरे। कार्यक्रममा सहभागीले आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
कांग्रेस नेता खेमराज पौडेलको निधन
hero news full width
मुख्य समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१