अन्तर्राष्ट्रिय नेपाली गीत-संगीत मञ्च गठन

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७५
artist_Fotor

पोखरा, २७ असोज । नेपाली गीत-संगीत सर्म्बर्द्धन, पर्वद्धन, विकास, संरक्षण गर्ने उद्देश्यसहित पोखरामा ‘अन्तर्राष्ट्रिय नेपाली गीत संगीत मञ्च’ गठन गरिएको छ।

पोखराकै संगीत लेखन र नृत्य क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको सम्पन्न भेलाले संगीतकार नवराज बरालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

जसको उपाध्यक्षमा संगीतकार बीबी अनुरागी, महासचिवमा गीतकार सुमन श्रापित, सचिवमा गायक सन्तोष बस्याल, कोषाध्यक्षमा सानु जोजिजू र सहकोषाध्यक्षमा नृत्य निर्देशक जसु गुरुङ रहेका छन् ।

यस्तै, सदस्यमा विश्वराज रसाइली, श्रीमान थुलुङ, शारदा भट्टराई, खिमकुमार गुरुङ र तुलसी जिसी चयन भएका छन्।

नेपाली गीत संगीतमा अनवरत रुपमा लागेका देश विदेशका सर्जकसँग सम्बन्ध स्थापित गरी नेपाली गीत संगीत अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्य सहित संस्थाको स्थापना गरिएको अध्यक्ष बरालले बताए। गायन, बाधन, लेखन, संगीत र नृत्य सम्पूण्ा विधा समेट्ने गरी एउटै संगठनमा सबै सर्जक अटाउने उनको भनाइ थियो। महासचिव श्रापितले देश-विदेशका विभिन्न ठाउँमा मञ्च शाखा-उपशाखा खोलेर सर्जकको अपनत्व हुने गरी समिति गठन गरिने बताए ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width