Worldlink ads

सच्चाइद्वारा ज्येष्ठ नागरिक सम्मान

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७५
sachai samman _n_Fotor

पोखरा, २७ असोज । इश्वरीयमार्ग भजनमण्डल काँहुखोला शाखा सच्चाइ परिवार पोखरा-१३ ले शनिवार शुभकामना आदानप्रदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ ।

सच्चाइ परिवारका सदस्य एवं शुभेच्छुकको सहभागिता रहेको कार्यक्रममा ६१ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

पोखरा महानगरपालिका वडा १३ का वडाध्यक्ष दर्शन लामा, शाखाका अध्यक्ष रामबहादुर केसी, उपाध्यक्ष लक्ष्मी केसी, वरिष्ठ सल्लाहकार बुद्विबहादुर परियार, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल लगायतले ज्येष्ठ नागरिकलाई सम्मान गरेका थिए । उनीहरुलाई सम्मानस्वरुप खादा लगाइदिनुको साथै मायाको चिनो प्रदान गरिएको थियो ।

शाखाकी उपाध्यक्ष लक्ष्मी केसीले सकारात्मक सोचका साथ समाज अघि बढाउन विविध कार्यक्रम गरिँदै आएको जानकारी दिइन् । वडाध्यक्ष दर्शन लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, नेपाल मुस्लिम युवा क्लबका अध्यक्ष अफजल अलीले बोलेका थिए ।

इश्वरीयमार्ग भजनमण्डल काँहुखोला शाखा सच्चाइ परिवारका अध्यक्ष रामबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रम लिडर नवीन श्रेष्ठले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • पोखरा महानगरपालिकाको अत्यावश्यक बाहेकका सेवा स्थगित

      रासस माघ १३, २०७८
      पोखरा । भौगोलिक रूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यक बाहेकका नियमित सेवाहरू आजदेखि स्थगित गरिएको छ…
    • निर्माणाधीन पुल चर्कियो

      आदर्श समाज सम्वाददाता माघ १३, २०७८
      गगनगौंडा । पोखरा वडा ३२ र ३३ गगनगौंडा र लामगादी जोड्ने सेती नदीमाथि निर्माणाधीन पक्की पुल चर्किएको छ । ६१…
    • टोल विकास संस्थास्तरीय वक्तृत्वकलामा पार्वती प्रथम

      आदर्श समाज सम्वाददाता माघ १३, २०७८
      पोखरा । पोखरा वडा १३ कार्यालयद्वारा आयोजित टोल विकास संस्थास्तरीय वक्तृत्वकला प्रतियोगितामा कुँडहर टोलअन्तर्गत बाल कल्याण आमा समूहकी पार्वती सिग्देल…
    • मिस तामाङ भर्चुअल हुने

      आदर्श समाज सम्वाददाता माघ ११, २०७८
      पोखरा । छैटौं मिस तामाङ पोखरा–२०२२ को ग्रान्ड फिनाले भर्चुअल हुने भएको छ । पछिल्लो समय कोभिड–१९ को नयाँ भेरियन्ट…
    • खास्टे र न्यूरेनी ताल सफाइ

      आदर्श समाज सम्वाददाता माघ ११, २०७८
      लेखनाथ । खास्टेताल मत्स्य तथा कृषि सहकारी संस्थाले आफ्नो छैटौं स्थापना दिवस अवसरमा ताल वरपर सरसफाइ गरेको छ । तालको…

    hero news full width