सहकारी लगानी उत्पादनमूलक : मन्त्री थापा

आदर्श समाज सम्वाददाता
असाेज २६, २०७५

लेखनाथ, २५ असोज। गण्डकी प्रदेश भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले सहकारीमा सेयर सदस्यको पैसा लिएर ब्याजको रुपमा बोनस कमाउने प्रचलन अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।

रुपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्थाको १७ औं वाषिर्क साधारणसभा उद्घाटन गर्दै मन्त्री थापाले पैसाले कमाउने नभै उत्पादनमैत्री वातावरण सृजना गरी आयआर्जनमा लाग्न सुझाए ।

प्रदेश सरकारले मंसिर पहिलो हप्तासम्ममा सहकारी नीति ल्याउने उनले जानकारी दिए । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले रुपातालमा बाँध निर्माणका लागि स्थानीयवासी बाधक नभै उचित मौजाको सवालमा पुनर्विचार भए सहयोगी भएर भएर अगाडि बढ्न तयार रहेको बताए ।

नार्कका प्रमुख डा टेकबहादुर गुरुङले रुपाताल जलाधार क्षेत्रको विकास पर्यटन विकासका लागि गौरवको योजना भएकाले केही पाउन केही गुमाउनु पर्ने बताए ।

जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीको सेयर सदस्य भएपछि उसको जीवनस्तर सुधार हुने खालका कार्ययोजना ल्याउनु पर्ने सुझाव दिए ।

संस्थाका अध्यक्ष लेखनाथ ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, रुपाताल संरक्षण एकीकृत विकास परियोजनाका प्रमुख रामप्रसाद अर्याल, लि-वर्डका प्रतिनिधि वीरबहादुर तामाङ, लेखनाथ उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष कृष्णहरि भण्डारी, संस्थाका निवर्तमान अध्यक्ष कुलप्रसाद अधिकारी, नेकपा नेता टीकाराम पंगेनी, काँग्रेस नेता राजेन्द्रमणि लामिछाने लगायतले बोलेका थिए। संस्थाका सचिव शिवराज अधिकारीले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष जानुका अधिकारीले दिएकी थिइन्। रुपाताल संरक्षण गर्दै आय आर्जनका लागि माछापालन गर्दै आएको सहकारीमा हाल आठ सय १७ जना सेयर सदस्य छन्।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width