माछापुच्छे्र महोत्सव जारी

आदर्श समाज सम्वाददाता
असाेज २६, २०७५

हेमजा, २५ असोज। माछापुच्छे्र गाउँपालिका-१, टुसेस्थित माछापुच्छे्र गुरासेँ भूमे युवा क्लबको आयोजनामा बुधबारदेखि शुरु माछापुच्छे्र महोत्सवमा कलाकारको विभिन्न प्रस्तुतिले दर्शकलाई प्रशस्त मनोरञ्जन दिएको छ ।

विहीवार हास्यकलाकार नारायण पराजुली, पपगायक संजय कुँवर,गायिका एवं कलाकार सोनी विक लगायतले प्रस्तुति राखेका थिए।

त्यस्तै स्थानीय कलाकारबाट सांस्कृतिक नृत्य देखाएको क्लब सचिव विलभ सुनारले जानकारी दिए। साँझ सामूहिक नृत्य भयो । थ्रि-ए साइड फुटबल प्रतियोगितामा विहीवार दुर्इ खेल भए ।क्लबका पूर्व अध्यक्ष रहेका महोत्सव सहसंयोजक सरोजकुमार गुरुङले मेला महोत्सवले कला संस्कृतिको जगेर्ना गर्न भूमिका खेल्ने बताए ।  महोत्सव असोज २८ सम्म चल्ने क्लब अध्यक्ष हुमबहादुर गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width