हेमजा, २५ असोज। हेमजास्थित बहुउद्देेश्यीय किसान सहकारी संस्थाको १६ औं वाषिर्क साधारणसभा सम्पन्न भएको छ।
प्रमुख अतिथि पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले हेमजामा कोल्डस्टोर निर्माण आवश्यक रहेको जनाए। उनले मेयर प्रविधिमैत्री कृषि कार्यक्रमबारे पनि प्रकाश पारेका थिए।
सहकारी सल्लाहकार समेत रहेका पोखरा २५ का वडाध्यक्ष शोभाकर तिम्सिना, देवीस्थान कृषि सहकारीका अध्यक्ष शालिकराम बास्तोला, हेमजा बचतका अध्यक्ष होतराज त्रिपाठी, सल्लाहकार रामचन्द्र तिम्सिना, शिक्षा उपसमितिका सदस्य तिलक तिम्सिना लगायतले पनि आ-आफ्ना धारणा राखेका थिए।
कार्यक्रमबीच सचिव मोतिराम तिम्सिनाले प्रगति प्रतिवेदन, लेखा संयोजक प्रेमराज तिम्सिना लेखासमितिको प्रतिवेदन, ऋण उपसमिति संयोजक लक्ष्मण तिम्सिनाले ऋण समितिको प्रतिवेदन, शिक्षा उपसमितिका संयोजक बुद्घप्रिसाद बास्तोलाले शिक्षा उपसमितिको प्रतिवेदन पेश गरेकोमा छलफल सहित अनुमोदन गरिएको थियो।
उक्त अवसरमा २०७४ का एसर्इइ परीक्षामा उत्कृष्ट ग्रेड ल्याउन सफल सेयर सदस्य चित्रानाथ पौडेलकी छोरी दीक्षा पौडेल, डायरी व्यवस्थापनतर्फ उत्कृष्ट कार्य गरेकोमा ध्रव केसी, नियमित बचतकर्ता उमानाथ त्रिपाठी, असल कर्जाग्राही दानबहादुर खड्का, रोट्रर्याक क्लब अफ हेमजाद्वारा आयोजित भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता विजेतालाई सम्मान गरिएको थियो।
सहकारी अध्यक्ष धर्मराज बास्तोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षा उपसमितिका संयोजक बुद्घप्रिसाद बास्तोलाले सहकारीका सात सिद्घान्त वाचन, उपाध्यक्ष लक्ष्मण तिमिल्सिनाले स्वागत र सचिव मोतिराम तिम्सिनाले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१