गौरीशंकर सहकारीको १३ औं साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज २६, २०७५
hemja gaurishanker sahakari photo

हेमजा २५ असोज। हेमजास्थित गौरीशंकर बचत तथा ऋण सहकारी संस्थाको १३ औं वाषिर्क साधारणसभा सम्पन्न भएको छ।

कार्यक्रम उद्घाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका संचालक तथा गण्डकी प्रदेश संयोजक भीम गुरुङले नीति, विधि र प्रविधिले सहकारी संचालन हुनुपर्नेमा जोड दिँदै दिगो सहकारी बनाई सदस्यलाई व्यावसायिक बनाउनुपर्ने बताए।

कास्की जिल्ला सहकारी संघका महासचिव छवि लामिछानेले सहकारी संस्थामा सहकार्यको भावना प्रवल हुनुपर्ने भन्दै सेयर सदस्यको आर्थिक समृद्घमिा जोड दिए।

संस्थाका सल्लाहकार वडाध्यक्ष शोभाकर तिम्सिनाले संस्थाले स्थापनाको छोटो समयमै राम्रो प्रगति गरेको चर्चा गरेका थिए।

कार्यक्रमबीच सहकारीका पूर्व अध्यक्ष एवम सल्लाहकार रुद्रनाथ पौडेल, अस्था सहकारीका सचिव नारायणप्रसाद आचार्य, जनसेवा सहकारीका अध्यक्ष लिलाधर अधिकारी, हेमजा बचतका उपाध्यक्ष राजेन्द्रप्रसाद बास्तोला, तिव्रिकोट कृषि सहकारीका अध्यक्ष मधुसुदन त्रिपाठी, गण्डकी विकास बैंक हेमजा शाखाका प्रमुख विनोद पौडेल लगायतले शुभकामना प्रकट गरेका थिए।

सहकारी अध्यक्ष केशवशरण पौडेलले सहकारीले चाँडै नै एटिएम सेवा शुरु गर्ने तथा आगामी ४ वर्षभित्र आफ्नै जग्गामा भवन निर्माण गरी संचालन तयारी थालेको अवगत गराए।

सहकारीका व्यवस्थापक डम्बरसिंह बस्नेतले हाल सहकारीमा चार हजार सात सय ६६ जना सेयर सदस्य रहेको जनाए । उनले संस्थाको सेयर पुँजी ७ करोड ३६ लाख ४४ हजार, कुल सम्पत्ति ८३ करोड ३२ लाख ३६ हजार रहेको बताउँदै सहकारीबाट प्रदान सेवासुविधाबाट फाइदा लिन आग्रह गरे।

कार्यक्रमबीच सचिव घनश्याम तिमिल्सिनाद्वारा भावी नीति तथा कार्यक्रम, कोषाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा गत आवको आर्थिक प्रतिवेदन पेश गरिएकोमा छलफल सहित अनुमोदन गरिएको थियो।

त्यस्तै असिना पीडित सेयर सदस्यलाई बिमा रकम र एसर्इइ परीक्षामा उत्कृष्ट ग्रेड ल्याउने सेयर सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको थियो।

सहकारी अध्यक्ष केशवशरण पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष दानबहादुर थापाले स्वागत, शिक्षा उपसमिति संयोजक मानबहादुर कार्कीले सहकारीका सात सिद्घान्त वाचन र सचिव घनश्याम तिमिल्सिनाले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width