Worldlink ads

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव शुरु

आदर्श समाज सम्वाददाता
असाेज २५, २०७५
IMG_1349_Fotor

पोखरा, २४ असोज। पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा बुधबारदेखि दुर्गा पुजा महोत्सव शुरु भएको छ। विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा महोत्सव महानवमीको दिनसम्म संचालन हुनेछ।

महोत्सव शुरुअघि मन्दिर परिसरबाट नौ वटै देवीको झाँकी तथा एक सय आठ कलशसहितको नवदुर्गा शोभायात्रा निकालिएको थियो। शोभायात्रा मोहरियाटोल, भैरवटोल, भीमसेन टोल, नालाको मुख, तेसापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिर्द्धार्थचोक, रामकृष्णटोल हुँदै मन्दिरमा पुगेर समापन भएको थियो।

शोभायात्रामा विभिन्न भजन समूह, जातीय भेषभूषा, सांस्कृतिक झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा विभिन्न धार्मिक, सामाजिक र शैक्षिक संघसंस्थाहरुको सहभागिता  थियो। विश्वशान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भाव तथा धार्मिक पर्यटनको विकासमा टेवा पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धार्मिक कार्यक्रमले समाजमा रहेको विकृति र विसंगति हटाउन मद्दत पुग्ने बताए। ‘नेपाल धार्मिक सहिष्णुता भएको देश हो,’ उनले भने, ‘यस्ता धार्मिक कार्यक्रमहरुले देशमा बढ्दो हत्या, हिंसा, भ्रष्टाचार, व्यभिचारजस्ता समाजको समस्या हटाउन मद्दत गर्छ।’

महोत्सवमा बुधबारदेखि मन्दिर परिसरमा श्रीमद्भागवतदेवी ज्ञान महायज्ञ गरिएको छ। नवदुर्गा महोत्सवभरि दैनिक श्रीमद्भागवत् कथावाचन हुनेछ।

नवरात्रिभर बिहान साढे ४ बजेदेखि साँझ ८ बजेसम्म मन्दिर दर्शनको लागि खुला राखिने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ।

Related News

सम्बन्धित समाचार

    • पोखरा न्युरोडमा टेक् स्टुडियो

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । पोखरा न्युरोडमा इलेक्ट्रोनिक्स सामानको खुद्रा स्टोर टेक् स्टुडियो खुलेको छ । विद्युतीय र जीवनशैली उत्पादनमा आधारित फ्रेन्चाइज कम्पनी…
    • रेडक्रस पोखरा ९ को पदस्थापन

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा ९ उपशाखाको पदस्थापन तथा पहिलो बैठक शान्तिदर्शन पार्कमा शनिबार भएको छ । नेपाल रेडक्रस…
    • मिस तामाङ पोखरामा ट्यालेन्ट राउन्ड

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । छैटौं मिस तामाङ पोखरा–२०२२ को ट्यालेन्ट राउन्ड शनिबार भएको छ । बैदाम तामाङ सेवा समाजद्वारा आयोजित प्रतियोगिताको ट्यालेन्ट…
    • पोखरा जेसिजमा तालिम

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । पोखरा जेसिजको वर्ष २०२२ का पदाधिकारीलाई जिम्मेवारीबोध गराउने उद्देश्यले शाखा पदाधिकारी तालिम सञ्चालन गरिएको छ । पोखरा जेसिजका…
    • ट्युव टायर मर्मत व्यवसायी एसोसिएसनमा चन्द्रेश्वर

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । ट्युव टायर मर्मत व्यवसायी एसोसिएसन कास्कीको १५ औं साधारण सभा तथा आठौं अधिवेशनबाट चन्द्रेश्वर बस्ताकोटीको नेतृत्वमा ११ सदस्यीय…

    hero news full width