सहन्यायाधिवक्ता ५ लाख घूससहित पक्राउ

आदर्श समाज सम्वाददाता
असाेज २५, २०७५

पोखरा, २४ असोज । पोखरामा सहन्यायाधिवक्ता नै घूसकाण्डमा अख्तियारको फन्दामा परेका छन्।

उच्च सरकारी वकिलको कार्यालय, पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घूससहित निजकै कार्यालयबाट बुधबार बिहान पक्राउ परेका हुन् ।

ठगी मुद्दामा पुनरावेदन नगरिदिने प्रलोभन देखाई सेवाग्राहीसँग घूस रिसवत माग गरिरहेको भन्ने उजुरी आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले महान्याधिवक्ता थापालाई बिहान पानै ९ बजे घूसवापतको रकम लिएको अवस्थामा रंगेहात पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको अख्तियार पोखराका प्रवक्ता रमेश ढकालले जानकारी दिए । विराटनगर घर भएका कार्यालय प्रमुख सहन्यायाधिवक्ता थापा झण्डै १ वर्षदेखि सो कार्यालयमा कार्यरत थिए ।

मंगलबारमात्रै अख्तियारले मालपोत कार्यालय कास्कीबाट दुर्इ जनालाई ५० हजार घूससहित पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मालपोत कार्यालयका अधिकृत ख्यामनारायण पौडेल र खरिदार सञ्जय शर्मा हुन् ।

सो घटनामा संलग्न कार्यालयका नासु रामचन्द्र पौडेल फरार छन् । उनी अख्तियार टोली आएको थाहा पाएपछि भागेकोमा खोजी भइरहेको छ। ‘घूसको डिजाइनर पौडेल हुन्। उनैले सबै चाँजोपाँचो मिलाएका थिए,’ श्रोतले भन्यो, ‘सबै सेटिङ भएपछि पनि अख्तियार आएको थाहा पाएर उनी भागेका हुन्। अहिलेसम्म सर्म्पर्कमा छैनन्।’

यता, अख्तियार पोखराका प्रवक्ता ढकालले भन्छन्, ‘हामी अहिले स्ट्रिङ अप्रेसनलाई चुस्त रुपमा लगेका छौं।

यही अप्रेशनमा सेवाग्राहीको उजुरी आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।’

Related News

सम्बन्धित समाचार

  • हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन  

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तिको अवसरमा बिहीबार रक्तदान कार्यक्रम भएको छ । संस्थाले…
  • शिशुवा सिसाघाट सडक शिलान्यास

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले शिशुवा सिसाघाट सडक अन्तर्गतको शिशुवा–खुदीखोला पुल खण्डको बिहीबार शिलान्यास गरेका छन् । प्रमुख…
  • मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ता नियुक्तिको १५ दिन पछि मात्र वेबसाइटको विवरण अपडेट गरेको छ ।…
  • कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । नेपालको राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन् । राष्ट्रपति…
  • पुस्तक दिवसमा पुस्तक साटासाट

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पोखरामा पुस्तक साटासाट गरी मनाइएको छ । ¥यान्डम रिडर्स सोसाइटीले मंगलबार आयोजना…

hero news full width