पोखरा ४ बाट कर संकलन

आदर्श समाज सम्वाददाता
असाेज २५, २०७५
ward 4_Fotor

पोखरा, २४ असोज । पोखरा वडा ४ बाट कर संकलन शुरु भएको छ ।

महानगरले वडा तहबाटै नागरिकलाई सेवा दिने घोषणा गरेपछि ४ नम्बर वडाले पनि संरचना तयार गरी बुधबारदेखि काम थालेको हो । नाता प्रमाणितसहित चारकिल्ला, आयश्रोत प्रमाणित, सम्पत्ति मूल्यांकन, करचुक्ता, अनलाइन व्यक्तिगत घटना दर्ता, सरसफाइ शुल्क, अंग्रेजी सिफारिस लगायत काम वडाबाटै हुने वडाध्यक्ष शंकर बास्तोलाले बताए।

‘स्थानीय सरकार बनेपछि जनतालाई तल्लो तहबाटै सेवा दिने हो । वडा सरकारले पनि आफ्ना जनतालाई अधिकतम सेवा वडाबाट दिनेछ,’ उनले भने, ‘वुधवारदेखि केही काम शुरु भएको छ । अब सम्पत्ति कर पनि वडाबाटै लिनेछौं ।’

वडा कार्यालयको भवन निर्माणाधीन छ । ३२ लाख ५५ हजार रुपैयाँमा सम्झौता गरेर काम गरे पनि स्टिमेट गलत परेकोले अहिले रोकिएको वडाध्यक्ष बास्तोलाले बताए । नयाँ स्टिमेट गरेर पुनः काम शुरु गर्ने उनी बताउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width