पोखरा, २४ असोज। पोखरा महानगरपालिका वडा १३, पाटनवेशीस्थित उज्ज्वल टोल विकास संस्थाको चौथो वाषिर्क साधारणसभा बुधबार सम्पन्न भएको छ।
सो अवसरमा उत्कृष्ट कार्य गरेको भन्दै संस्थाका सचिव गंगाधर बास्तोला र ज्येष्ठ नागरिक भुवनसिंह बिकलाई सम्मान गरियो ।
त्यस्तै, तीज अवसरमा वडामा आयोजित तीज गीत प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्ने संस्थाका महिला टोली कुमारी बिक, शान्ति राना, चन्द्र बिक, विष्णु गुरुङ, सपना क्षेत्री र अस्मिता बराललाई पनि सम्मान गरिएको थियो।
साधारणसभा उद्घाटन गर्दै वडासदस्य कृष्णकुमारी गुरुङले वडामा विकास निर्माणलाई प्राथमिकता दिइएको बताइन्।
आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले राम्रो काम गरी बेग्लै पहिचान बनाउन आग्रह गरे।
कार्यक्रममा प्रहरी सहायक निरीक्षक कृष्णबहादुर तामाङ, पाटनवेशी टोल विकास संस्थाका अध्यक्ष नरेन्द्र अधिकारी, कलाकार रतिमाया खड्का लगायतले बोलेका थिए।
साधारणसभाले अध्यक्ष बुद्व्रि्रसाद बराल र सचिव गंगाधर बास्तोलाले प्रस्तुत गरेको वाषिर्क र आर्थिक प्रतिवेदन पारित गरेको छ।
उज्ज्वल टोल विकास संस्थाका अध्यक्ष बुद्व्रि्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य शारदा रानाभाटले स्वागत र उपाध्यक्ष राजेन्द्र क्षेत्रीले कार्यक्रम संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
अमरसिंह माविको ६८ औं वार्षिकोत्सव
लायन्स लेखनाथमा कृष्णप्रसाद
‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’
फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि
‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’
hero news full width
मुख्य समाचार
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
चैत्र १५, २०८०किरिया बसेका दाजुभाइ परीक्षामा
चैत्र १५, २०८०सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०