पोखरा २४, असोज। बार्दली बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नै भवनबाट कारोबार संचालन गरेको छ ।
पोखरा-८, रत्नचोकस्थित उक्त भवनको गण्डकी प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले उद्घाटन गरे ।
प्रमुख अतिथि मन्त्री थापामगरले संस्थाको छैटौ वाषिर्क साधारणसभामा सानो पुँजी परिचालन गरी आर्थिक क्षेत्रमा परिवर्तन ल्याउनु सहकारीको ठूलो देन रहेको बताए। उनले सहकारी मार्फत उत्पादनशील क्षेत्रमा लगानी बढाउँदै लैजानु पर्ने बताउँदै सहकारी नाफामुखीभन्दा सदस्यमुखी बन्नुपर्नेमा जोड दिए।
प्रदेश सदस्य दीपक कोइरालाले सदस्यको आर्थिक हित अनुकूल सहकारीलाई अघि बढ्न सुझाव दिए ।
संस्थाका सल्लाहकार मोती तिमिल्सिना, किरण सापकोटाले सम्पूर्ण सेयर सदस्य सहकारी मूल्यमान्यताभित्र रही संस्था मेरो हो भन्ने भावनाबाट सबैखाले वित्तीय कारोबार तथा सामाजिक गतिविधिलाई सहकारी मार्फत सञ्चालन गर्नका लागि आहृवान गरेका थिए।
कार्यक्रममा अध्यक्षको आसनबाट सहकारी अध्यक्ष रेशम सापकोटाले सेयर सदस्यको भावनाअनुरुप सहकारीलाई व्यावसायिक र सेवामुखी बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा संस्थाका सेयर सदस्य दिनेश शर्मा, शोभा गौतम शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रम संचालन सचिव मोहन सापकोटा र स्वागत मन्तव्य वीरबहादुर थापाले व्यक्त गरेका थिए । सो अवसरमा उत्कृष्ट बचतकर्ता पार्वती कुमारी खड्का, संगीता क्षत्री श्रेष्ठ, मोहन सापकोटा, उत्कृष्ट कारोबार गर्ने गोपाल दमै, सरिता सापकोटा र उत्कृष्ट सामूहिक लघु कर्जामा गौंडाको मुख, ताङतिङ र लामाचौरको समूह सम्मानित भए।
यसैगरी उत्कृष्ट कर्मचारीतर्फ सपना महत, रेक्सन रानामगर र संस्थालाई अतुलनीय योगदान पुर्याउने शान्ति सुवेदी र विष्णुहरि पन्थी तथा सहकारीलाई सञ्चार क्षेत्रमा विशेष योगदान गरेवापत सेयर सदस्य श्रीराम सुवेदीलाई सम्मान गरिएको थियो।
संस्थाको सेयर पुँजी करिब ३ करोड ३० लाख रुपैयाँ रहेको छ । चार सय ४९ जना सेयर सदस्यबाट करिब २० करोडको कारोबार रहेको छ। आगामी दिनमा अन्य ठाउँबाट पनि सेवाकेन्द्र सञ्चालन गरी सदस्यलाई सेवा दिने संस्थाका प्रबन्धक डिल्लीराम पौडेल (दिलीप) ले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
शिवशिखर र इमेज सहकारीको समस्याबारे गृहमन्त्रीको ध्यानाकर्षण
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
लेकाली सेकुवा रेस्टुरेन्ट एन्ड बारको ओपनिङमा प्रकाश सपूत
लोककल्याणकारी विज्ञापन रोक्ने निर्णयप्रति स्वतन्त्र पत्रकार संघको ध्यानाकर्षण
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०