Worldlink ads

आमा मिलनमा ज्येष्ठ नागरिक दिवा सेवा

आदर्श समाज सम्वाददाता
असाेज २४, २०७५
aama milan_Fotor

पोखरा, २३ असोज। आमा मिलन केन्द्रले आफ्नै भवनमा ज्येष्ठ नागरिक दिवा सेवा संचालन गर्ने भएको छ। उक्त कार्यको लागि आमा मिलन केन्द्रले मंगलबार ज्येष्ठ नागरिक दिवा सेवा परिचालन तथा व्यवस्थापन समिति गठन गरेको छ।

केन्द्र अध्यक्ष इन्दिरा पौडेलको प्रमुख संरक्षकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो। निर्मला घिमिरेको संयोजकत्वमा गगित दिवा सेवा व्यवस्थापन समिति सहसंयोजकमा शेषबहादुर थापा तथा सदस्य मीनबहादुर भुजेल, कमला श्रेष्ठ र मीना थापा छन्।

समिति सल्लाहकारमा केशवराज ढकाल, चण्डीप्रसाद अर्याल, दुर्गा थापा, माया थापा, ध्रुवराज पौडेल र गंगा सुवेदी छन्। त्यस्तै, मनोरञ्जन तथा संगीत उपसमितिमा संयोजक सन्तोष पराजुली, सह-संयोजकमा सावित्री घिमिरे तथा सदस्यमा पदमपाणि भट्टराई, तुलसी रिजाल, राधा सुवेदी छन्।

उक्त अवसरमा दशैं, तिहार, छठ रर्र् इद अवसरमा शुभकामना आदान प्रदानसमेत गर्‍यो। कार्यक्रममा शेषबहादुर थापा, चण्डीप्रसाद अर्याल, संगीता तिमिल्सिना, कमला श्रेष्ठ, माया बस्नेत, ध्रुवराज पौडेल, निर्मला घिमिरे, गंगा सुवेदी, केशव ढकाल र राजकुमार मुल्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा पोखरा-८, की शान्ति तुलाचनले केन्द्रको नवनिर्मित भवनका लागि केन्द्रकी कोषाध्यक्ष खुमा लम्साललाई २५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिन्।

केन्द्र अध्यक्ष इन्दिरा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निर्मला घिमिरेले स्वागत र सचिव खुमा लम्सालले संचालन गरेकी थिइन्।

२०६७ सालबाट क्रियाशील आमा मिलन केन्द्रले महिला, बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकबीच क्षमता अभिवृद्धि, समुदाय परिचालन, प्रजनन्, स्वास्थ्य, सीप विकासका क्षेत्रमा तालिम तथा गोष्ठी आयोजना गर्दै आएको छ।  ज्येष्ठ नागरिकलाई सम्मान गर्दै केन्द्रले उनीहरुलाई मनोरञ्जन, अनुभवको आदानप्रदान, धार्मिक र आध्यात्मिक प्रवचन कार्यक्रम गर्दै आएको जनाएको छ।

Related News

सम्बन्धित समाचार

    • ६ सयमै पोखरा घुम्न पाइने

      Suraj Hazare Dahal भाद्र ३१, २०७८
      पोखरा । छोटो अवधिमै पोखरा घुम्न चाहनेलाई कम शुल्कमै बस सेवा सञ्चालन हुँदैछ । कोरोना संक्रमण घटेसँगै पर्यटकीय नगरी पोखरा…
    • बगैंचा टोल विकासमा मीना

      आदर्श समाज संवाददाता भाद्र ३०, २०७८
      पोखरा । बगैंचा टोल विकास संस्था पोखरा ६, बैदामको अध्यक्षमा पुन मीना ढकाल चयन भएकी छन् । संस्थाको बुधबार सम्पन्न…
    • भवानी आमा समूहमा समीक्षा

      आदर्श समाज संवाददाता भाद्र ३०, २०७८
      पोखरा । पोखरा ८ कुँवरटोलस्थित भवानी आमा समूहको दशौं साधारणसभा तथा छैटौं अधिवेशन बुधबार भएको छ । पोखरा ८ का…
    • कास्कीमा निषेधाज्ञा हट्यो, रात्रिकालीन व्यवसाय र पठनपाठन खुल्यो

      आदर्श समाज सम्वाददाता भाद्र ३०, २०७८
      पोखरा, ३० भदौ । कास्कीमा साढे ४ महिनादेखिको निषेधाज्ञा असोज १ देखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले…
    • मृत्यु जितेकी मनमाया

      सुनील सापकोटा भाद्र ३०, २०७८
      पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट बिरामी डिस्चार्ज तयारी भइरहेको थियो । डिस्चार्ज गर्दा अस्पतालका प्रमुखहरुको उपस्थिति आवश्यक हुँदैन, न त…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads