कृषकद्वारा क्षतिपूर्ति र दोषीलाई कारबाही माग

आदर्श समाज सम्वाददाता
असाेज २४, २०७५
Krishak news _Fotor

पोखरा, २३ असोज । पोखरा महानगरपालिका वडा १७, महतगौंडाका कृषकहरुको समूहले मंगलबार क्षतिपूर्ति र कारबाहीको माग गर्दै विभिन्न कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

कृषक समूहले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पोखरा, पोखरा महानगरपालिका कृषि शाखा र कृषि ज्ञान केन्द्र स्याङ्जामा ज्ञापनपत्र बुझाएका हुन् ।

पचास प्रतिशत अनुदानमा प्राप्त जेठो बूढा धानको बीउँ लगाउँदा बेजातको धान पसाएको भन्दै क्षतिपूर्ति सहित दोषीलाई कारबाहीको माग गरिएको छ ।

जेठो बूढा धानको बीउँ लगाउँदा ५० प्रतिशत जेठो बूढा र ५० प्रतिशत विभिन्न जातको धान पसाएको भन्दै धान खेतको निरीक्षण गर्न ध्यानाकर्षण गराइएको छ ।

चौबीस जना कृषकद्वारा हस्ताक्षर गरी बुझाइएको ज्ञापनपत्रमा धानको त्यस्तो अवस्थाले कृषक अन्यौलमा परेको उल्लेख छ ।

कृषकलाई क्षतिपूर्ति दिन र नराम्रो बीउँ वितरण गर्ने व्यक्तिमाथि छानविन गरी कारबाही गर्न माग गरिएको छ । साथै ज्ञापनपत्रमा माग पूरा नभए कडाभन्दा कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width