Worldlink ads

सुशासनमा समस्या : पौडेल

आदर्श समाज सम्वाददाता
असाेज २४, २०७५

पोखरा, २३ असोज । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले राजनीतिमा आपराधिकरण बढेका कारण सुशासन स्थापनामा समस्या भएको बताएका छन्।

विश्व खाद्य दिवस अवसरमा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय र इन्सेक गण्डकी प्रदेश कार्यालयको सहआयोजनामा अन्नपूर्ण गाउँपालिकामा सम्पन्न स्थानीय तह र मानव अधिकार विषयक सचेतना कार्यक्रममा बोल्दै शर्माले सो कुरा बताएका हुन् । उनले खाद्य र उपभोक्ताको अधिकारलाई मौलिक हकमा राखिएका कारण सरकारले नागरिकलाई प्रदान गरेको अधिकार नागरिकले उपभोग गरे नगरेको बारेमा राष्ट्रिय मानव अधिकार आयोगले निगरानी गर्ने बताए।

आयोग गण्डकी प्रदेशका निर्देशक दीपकजंगध्वज कार्कीले स्थानीय निकाय र प्रशासनबीच समन्वय बढाएर बजार अनुगमनलाई अघि बढाउनुपर्ने बताए। सचेतनाभन्दा जवाफदेहिता आजको आवश्यकता रहेको बताउँदै कार्कीले नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रत्याभुत नभएसम्म देशको विकास हुन नसक्ने भनाई राखे।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले कानूनमा लेखिनुभन्दा ब्यवहारमा लागु गर्न सक्नु ठुलो भएको भन्दै मौलिक हकमा उल्लेख गरिएका अधिकार नागरिकलाई प्रदान गर्दा पनि चुनौति रहेको बताए।

गाउँपालिकाकी उपाध्यक्ष सगुन गुरुङले ब्यक्तिले आफू स्वयं र आफ्नो घरपरिवारमा भएका ब्यक्तिलाई असल संस्कार दिएमा मानवअधिकार उल्लंघन घटनामा कमी आउने बताइन्।

इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलले न्यून आर्थिक श्रोत भएका नागरिकले स्वास्थ उपचारमा सुविधा पाउन नसकेको नागरिकलाई शिक्षा, स्वास्थ र खाद्य अधिकारको उपभोग गराउनु राज्यको दायित्व भएको बताए।

आयोग गण्डकी प्रदेश कार्यालयका मानवअधिकार अधिकृत मोहन काफ्लेले पर्याप्त खाद्य अधिकारका विषयमा एक कार्यपत्र समेत सहभागी समक्ष प्रस्तुत गरेका थिए।

अन्नपूर्ण गाउँपालिकाको कार्यालयका कृषि प्राविधिक शशी सिंहले किसान आयोग बनाई वास्तविक किसानको अधिकार सुनिश्चित भएमात्रै खाद्य अधिकार सुरक्षित हुने बताए।

Related News

सम्बन्धित समाचार

    • विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना

      आदर्श समाज सम्वाददाता माघ ३, २०७८
      पोखरा । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । मिश्रले आफूलाई पनि कोरोना संक्रमण भएको सामाजिक…
    • एक्यापसँग निरीह तल्ला सरकार

      आदर्श समाज सम्वाददाता माघ ३, २०७८
      पोखरा। कास्कीको मादी गाउँपालिकाले आफ्नो क्षेत्रबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) हटाइदिन संघ सरकारसँग आग्रह गरेको छ । विकासमा साझेदारी…
    • पत्रकार नारदजस्तो तटस्थ र निर्भीक हुनुपर्छः बास्तोला

      आदर्श समाज सम्वाददाता माघ १, २०७८
      कपिलबस्तु । स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकार नारदजस्तो हुन सक्नु पर्ने बताएका छन् । उनले स्वतन्त्र…
    • नेपाली नर्स लैजान बेलायत तयार

      रासस माघ १, २०७८
      पोखरा । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन्। दुवै देशका अधिकारीबीच शुक्रबार…
    • नरभक्षी बाघ नियन्त्रणका लागि टोली परिचालन   

      आदर्श समाज सम्वाददाता पौष ३०, २०७८
      नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी…

    hero news full width