लायन्स चौतारी विन्ध्यवासिनीद्वारा सहयोग

आदर्श समाज सम्वाददाता
असाेज २४, २०७५
IMG_0568_Fotor

पोखरा, २३ असोज । लायन्स क्लब अफ पोखरा चौतारी विन्ध्यवासिनीले विद्यार्थीलाई सहयोग गरेको छ ।

क्लबले कास्कीकोटस्थित मातृभूमि जनप्रकाश आधारभूत विद्यालयका एक जना विद्यार्थीलाई छात्रवृत्ति र २६ जना विद्यार्थीलाई स्टेशनरी एवं खेलकुद सामग्री वितरण गरेको थियो ।क्लबले विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थी आकाश सारुमगरलाई एक हजार पाँच सय छात्रवृत्ति प्रदान गरेको हो । उनलाई नागासाकी नेपाल फेन्डसीप एशोसिएसन मार्फत माध्यामिक तहसम्मको अध्ययनका लागि समेत छात्रवृत्तिको व्यवस्था मिलाइएको क्लबले जनाएको छ ।

लायन्स पोखरा चौतारी विन्ध्यवासिनी अध्यक्ष कोपिला भुजेलले क्लबतर्फबाट सामाजिक गतिविधिलाई जारी राखिने बताइन् । कार्यक्रम जोन चेयरपर्सन रवीन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।  कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बाबुराम भुजेल र क्लबका सचिव केशवराज शर्माले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width