मान्छे बोक्सी हुन्न कहिल्यै अभियानलाई मन्त्रीको साथ

आदर्श समाज सम्वाददाता
असाेज २४, २०७५
bokshi hunna photo_Fotor

हेमजा, २३ असोज। मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको अभियानमा संघीय सरकारका मन्त्रीहरुले साथ दिने प्रतिबद्घता जनाएका छन्।

संस्था सल्लाहकार समितिको काठमाडौंमा सम्पन्न बैठकमा उपस्थित संस्थाका सल्लाहकार समेत रहेका मन्त्रीहरुले सो प्रतिबद्घता प्रकट गरेका हुन्।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, सँस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी, युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा लगायत मन्त्रीहरुले अभियानको सन्देश देशविदेशमा पुžयाउनुपर्ने भन्दै आफूहरुले साथ दिने जनाए।

बैठकमा संस्थाका सल्लाहकार सोमनाथ अधिकारी प्यासी, विष्णु ओझा, शोभाकर भण्डारी कानूनी सल्लाहकार सरलाकुमारी पाण्डे, मिडिया सल्लाहकार मधुकर महर्जन, पूर्व उर्जामन्त्री राधा ज्ञवाली, अखिल नेपाल महिला संघकी उपाध्यक्ष सीता पौडेल लगायतको सहभागिता थियो।

यस्तै, प्रतिष्ठानतर्फबाट अध्यक्ष कोविदशरण उपाध्याय, संरक्षकद्वय भुवनेश्वर शर्मा पौडेल र मोहनराज पौडेल, वरिष्ठ उपाध्यक्ष गोविन्द पौडेल, सचिव रमा त्रिपाठी लगायत सहभागी थिए।

संस्थाका प्रमुख सल्लाहकार मन्त्री थममाया थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम कानूनी सल्लाहकार सरलाकुमारी पाण्डेले संचालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width