मुक्तिनाथको थप दुर्इ शाखा विस्तार

आदर्श समाज सम्वाददाता
असाेज २४, २०७५
muktinath_Fotor

पोखरा, २३ असोज । आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले झापाको बिर्तामोड र सुनसरीको धरानमा शाखा कार्यालय विस्तार गरेको छ।

बिर्तामोड शाखा उद्घाटन बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी र धरान शाखाको उद्घाटन सुनसरी जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाहले गरे।

दुवै शाखाको उद्घाटन समारोहमा वक्ताले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ व्यवसाय प्रबर्द्धनको शुभकामना व्यक्त गरे।

समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, स्थानीय जनप्रतिनिधि, व्यापारी, कर्मचारी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना ९५ वटा शाखा, १७ वटा एटिएम र करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ, लघुवित्त बैंकिङ र ग्रामीण बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, एटिएम कार्ड सेवा, एबिबिएस जस्ता सुविधा उपलब्ध गराउँदै आएको छ। बैंकले हालै आकर्षक विशेषता सहितको नगद फिर्ता आवास कर्जा योजना समेत सञ्चालनमा ल्याएको बैंकका सूचना अधिकृत तिलबहादुर गुरुङले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width