पराजुलीलाई कवितामा सुनिँदै

आदर्श समाज सम्वाददाता
असाेज २३, २०७५
Kavita Concert (1)_Fotor

पोखरा, २२ असोज। लायन्स क्लब अफ पोखरा स्वणिर्म सिटिको आयोजनामा कवि नवराज पराजुलीको एकल कविता कर्न्र्सट हुने भएको छ ।

पोखरामा असोज २६ मा हुने सो कर्न्टको तयारी अन्तिम चरणमा पुगेको आयोजक लायन्स पोखरा स्वणिर्म सिटीले पत्रकार सम्मेलन गरी जनायो  ।

आयोजकका अनुसार कवि पराजुलीलाई टिकट काटेर सुन्नुपर्नेछ। आयोजक संस्थाका अध्यक्ष गोविन्द देवकोटाले शारीरिक अपांगता भएका व्यक्तिहरुको सहयोगका लागि कविता कर्न्र्सट आयोजना गरिएको बताए।करीब दुर्इ लाख ५० हजार खर्च हुने कर्न्र्सटबाट ५० हजार आम्दानी गर्ने लक्ष्य राखिएको छ। सो रकम नै अपांगता भएका व्यक्तिहरुका लागि सहयोग गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा लायन्सका जोन चेयरपर्सन बिन्दु श्रेष्ठले शुभकामना मन्तव्य राखेकी थिइन्। संस्थाका अध्यक्ष देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष तथा कविता कर्न्र्सटका संयोजक मोहनप्रसाद अधिकारीले स्वागत तथा भाइराज रानामगरले सञ्चालन गरेका थिए। कवि पराजुलीको पहिलो कवितासंग्रह ‘सगरमाथाको गहिराई’ले पद्मश्री पुरस्कार समेत प्राप्त गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width