Worldlink ads

लमजुङमा भलिबल संघको समिति गठन

आदर्श समाज सम्वाददाता
असाेज २३, २०७५

लमजुङ, २२ असोज । लमजुङमा जिल्ला भलिवल संघ गठन गरिएको छ । भेलाले जिल्ला खेलकुद विकास समिति लमजुङका कोषाध्यक्ष दिवाकर वराल (बासु) को अध्यक्षतामा १३ सदस्यीय भलिवल संघ गठन गरिएको हो ।

संघको उपाध्यक्षमा कृष्णमान गुरुङ, सचिवमा नविन गुरुङ, कोषाध्यक्ष सगुन गुरुङ  र सदस्यहरूमा रमेश केसी, ताराकुमार पिया, दिपक दिङगोल, तिलकबहादुर दुलाल, गुमानसिं कँडेल, पोस्तप्रसाद गुरुङ, भिमबहादुर अधिकार, चन्द्रा गुरुङ र गंगा घले  छन् ।

समितिको सल्लाहकारहरुमा कृष्णप्रसाद अधिकारी, भेषबहादुर पौडेल, इश्वरकुमार श्रेष्ठ, सूर्यबहादुर अधिकारी र सूर्यकुमार श्रेष्ठ छन् । जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख पूर्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा समिति गठन गरिएको हो ।

एक/डेढ दशक अघिसम्म लमजुङ जिल्लामा भलिवल खेल निकै राम्रो भएको जिल्लाबाट राष्ट्रिय खेलाडीहरूसमेत उत्पादन भएको भए पनि पछिल्लो समयमा जिल्लामा भलिवल खेल निश्क्रिय बन्दै गैरहेकाले यसलाई आगामी दिनमा भलिवललाई सशक्त रूपमा लैजाने र टोल टोलमा भलिवल संघ गठन गरेर यो खेललाई अगाडि बढाउने निर्णय भएको नवनिर्वाचित अध्यक्ष बासुले बताए।

दिवाकर बराल (बासु) को अध्यक्षतामा भएको कार्यक्रमको संचालन स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष चन्द्रकान्त पौडेलले गरेका थिए । सो भेलामा जिल्लाका ८ वटै स्थानीय तहका भलिवल खेलाडी र खेलप्रेमीहरूको उपस्थिति रहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads