Worldlink ads

चेतनशील महिला समूहको साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज २३, २०७५

पोखरा, २२ असोज । चेतनशील महिला समूह, पोखरा ३० को २० औं साधारण सभा शनिवार सम्पन्न भएको छ।

साधारणसभा उद्घाटन गर्दे गण्डकी प्रदेश उपसभामुख सृजना शर्माले सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्न महिला रचनात्मक सृजनात्मक कार्यमा अघि बढ्नु पर्ने बताइन्।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सावित्री भण्डारी, पोखरा ३० का वडासदस्य शारदा बास्तोला, उपसभामुखका स्वकिय सचिव प्रकाश शर्मा, जागृति आमा समूहका प्रतिनिधि विष्णु जमरकट्टेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

महिला समूहका सदस्य दीपा जमरकट्टेल, गीता जमरकट्टेल, मधु तिमिल्सिनाले दुर्इ रोपनी क्षेत्रमा पुष्प व्यवसाय सञ्चालन गरी उत्पादनमा लागेकोले उनीहरुलाई सम्मान गरिएको थियो।

रेवती शर्माको अध्यक्षतामा भएको कार्यक्रममा गीता जमरकट्टेलले स्वागत र गायत्री ढकालले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

    hero news full width