सेभेन लेक कृषि सहकारीको साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज २३, २०७५

लेखनाथ, २२ असोज ।पोखरा-२६ स्थित सेभेनलेक कृषि सहकारी संस्था चौथो बाषिर्क साधारण सभा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै प्रतिनिधिसभाका सासंद खगराज अधिकारीले निर्वाहमूखी कृषि उत्पादनलाई पर सारेर ब्यवसायी उत्पादनबाट समृद्ध नेपाल बनाउने अभियानमा समाहित हुन आग्रह गरे ।

‘अव, कुरा धेरै गरियो । त्यसैले, गफ र भाषणाले कृषिमा परिवर्तन आउँदैन । अवको अवश्यकता भनेको कृषिमा आधारित उद्योगधन्दाहरु संचालन गरी कसरी कृषि उत्पादनलाई वढाउन सकिन्छ भन्नेबारे चिन्तनशील हुनुपर्छ,’ सांसद अधिकारीको  भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी मञ्चका केन्द्रीय प्रतिनिधि तेजनारायण अधिकारी, वडा नं २६ का वडाअध्यक्ष नारायणप्रसाद बराल, सत्यता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खड्कबहादुर रानाभाट, खाष्टे न्यूरेनी मत्स्य सहकारी संस्थाका अध्यक्ष हरि अधिकारी, संस्थाका व्यवस्थापक कृष्णप्रसाद अधिकारी र लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्त संस्थाका अध्यक्ष विष्णुप्रसाद बराललगायतले आफ्नो धारणा राखेका थिए ।

संस्थाका अध्यक्ष रामचन्द्र तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कुशराज तिमिल्सेनाले स्वागत र सचिव सुबिन तिमिल्सेनाले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा असल कर्मचारीतर्फ ब्यवस्थापक कृष्णप्रसाद अधिकारी, असल कारोवारी, असल बचत तथा असल ऋणिहरुलाई समेत सम्मान गरिएको थियो । कूल ७ सय ५९ सेयर सदस्य रहेको संस्थाको सेयर पुँजी २ करोड २१ लाख, ३४ हजार ८ सय  छ ।

Related News

सम्बन्धित समाचार

  • तीजमा सफल सादा दही

    आदर्श समाज सम्वाददाता भाद्र २०, २०८१
    पोखरा । हरितालिका तीज अवसरमा सुजल डेरी प्रालिले ‘सफल दही, एकदम सही’ नाराका साथ सफल सादा दही (सुगर फ्रि) बजारमा…
  • ऐतिहासिक बाटुलेचौर तीज मेला सुरु

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पोखरा । पोखरा वडा १६ वडा कार्यालयको संरक्षकत्वमा बडहरबोट आमा समूह आयोजनामा बाटुलचौरमा बुधबारदेखि ऐतिहासिक बाटुलेचौर तीज मेला सुरु भएको…
  • लामाचौर तीज महोत्सव सुरु

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पाखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ । महिलाहरुको महान्…
  • पोखरेल प्यानलको घरदैलो

    आदर्श समाज सम्वाददाता भाद्र १३, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुवानी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानल यतिबेला घरदैलोमा व्यस्त छ ।…
  • पोखरामा डायमण्ड मेला हुने

    आदर्श समाज सम्वाददाता भाद्र ११, २०८१
    पोखरा । कञ्चन क्यापिटल आयोजनामा पोखरामा डायमण्ड (हिरा) का गहनाको मेला हुने भएको छ । यही १२–१९ भदौसम्म मोहरिया टोलस्थित…

hero news full width