Worldlink ads

डा. सिके राउत पक्राउ

आदर्श समाज सम्वाददाता
असाेज २२, २०७५

गौर, २१ असोज। मधेशलाई छुटै राज्य बनाउने अभिव्यक्ति दिँदै आएका डा सिके राउत आइतबार  गौरमा पक्राउ परेका छन् ।

स्वतन्त्र मधेशको वकालत गर्दै आएका डा राउतलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

राज्यविरुद्ध अभिव्यक्ति दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिएका छन्।

अदालतमा डा राउत करीब १०० समर्थकसहित उपस्थित भएका थिए। राउतलाई राज्यविरूद्घको अपराधमा मुद्दा चलाइने बताइएको छ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads