मिस पोखराको उपाधि साराले जितिन्

आदर्श समाज सम्वाददाता
असाेज २२, २०७५
Sansadiya Patrakar_Fotor

पोखरा, २१ असोज ।पोखरा भीमसेनटोलकी सारा बजिमयले १० औं मिस पोखराको उपाधि जितेकी छन् । पोखरा जेसिजले आयोजना गरेको मिस पोखरा-२०१८ मा अन्तिम प्रतिस्पर्धामा सबैलाई पछि पार्दै साराले उपाधिसहित स्कूटर, नगद ५० हजार रुपैयाँ पुरस्कार पाइन् ।

उनले सिधै मिस नेपालमा भाग लिने अवसरसहित यो वर्ष एक साताको अष्टे्रलिया भ्रमणको मौकासमेत पाएकी छन् । मिस ट्यालेन्टको उपाधि पनि जितेकी सारा माइक्रोबायोलोजी विषयमा ब्याचलर हुन् ।

पोखरा सभागृहमा शनिबार राति अबेर सकिएको प्रतियोगिताको फष्ट रनर अप सुजिता केसी भइन् । पोखरा नयाँगाउँकी केसीले उपाधिसँगै ३० हजार रुपैयाँसहित आकर्षक उपहार जित्न सफल भएकी छन् । यस्तै, दुर्इ सव-टाइटलसहित सेकेण्ड रनर अपको उपाधि पोखरा बिरौटाकी मीनाक्षी शर्माले जितिन् । नगद २० हजार रुपैयाँ र अन्य आकर्षक उपहार पाएकी मीनाक्षी वेष्ट क्याटवाक र वेष्ट इन्टलेक्चुअलको उपाधि विजेतासमेत हुन् ।

पूर्व मिस नेपाल उषा खड्गी र मिस पोखरा २०१७ ममता जोशीले उनीहरुलाई ताज पहिर्‍याएका थिए । अन्तिम प्रतिस्पर्धामा १५ जना प्रतिस्पर्धीहरु स्टेजमा उत्रिएका थिए ।

प्रतियोगितामा वेष्ट हेयर प्रिया गुरुङ, वेष्ट पर्सनालिटी रजनी थापा, वेष्ट डे्रस वर्षा गुरुङ, पपुलारिटी र भ्यूअर च्वाइस प्रियंका खड्का, वेष्ट स्माइल कृष्मा गिरी, मिस फोटोजेनिकतर्फ स्मृति विश्वकर्माले सवटाइटल जिते ।

प्रमुख निर्णायकमा हिडन टे्रजररका निर्देशक सुवर्णक्षेत्री तथा निर्णायक इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, पोखरा जेसिजका पूर्व अध्यक्ष सुभाष सिग्देल, पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चीनु गुरुङ, गोल्डेन गेट इन्टरनेशनल कलेजका सिइओ रमेश सिलवाल, पोखराकै लक्की क्षेत्री र मिलन थापा रहेको कार्यक्रम संयोजक एवं पोखरा जेसिजका कार्यकारिणी उपाध्यक्ष देवराज शर्माले जानकारी दिए ।

अडिसनमार्फत छनोट प्रतिष्पर्धीलाई डेढ महिनासम्म विभिन्न तालिमसहित अन्तिम प्रधिस्पर्धामा उतारिएको थियो । पोखरा जेसिजले सन् १९९५ देखि मिस पोखरा सुरु गरेकोमा बीचमा केही वर्ष रोकिएर पुनः निरन्तरता दिँदै आएको छ । पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले कार्यक्रम संचालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width