सहकारी सेवामुखी हुन जरुरी छ : सांसद दवाडी

आदर्श समाज सम्वाददाता
असाेज २२, २०७५

लमजुङ, २१ असोज। गण्डकी प्रदेश सभाका सदस्य सांसद धनञ्जय दवाडीले सहकारीहरू बैँकजस्तो नाफामूखी नभई सेवामूखी हुन जरुरी रहेको औंल्याएका छन् । हातेमालो बचत तथा ऋण सहकारीको ८ औं साधारणसभाको उदघाटन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

सांसद दवाडीले सहकारी संस्थाहरू सहकारीको सिद्धान्त तथा आदर्शअनुसार सेवामुखी र पारदर्शिता हुनपर्नेमा जोड दिए । उनले भने, ‘अब सहकारीहरू उत्पादनमूखी, रोजगारमूलक, जीवनोपयोगी र आर्थिक गतिविधिलाई निरन्तरता दिई समृद्धिमा टेवा दिन सक्ने हुनुपर्छ।’

प्रदेशसभाले सहकारीको नयाँ ऐन निर्माणको तयारीमा रहेको र आफू त्यसको सदस्यसमेत भएको हुँदा समयमै आवश्यक सुझाव दिन अनुरोध गरे । संस्थाका अध्यक्ष महेन्द्रलाल श्रेष्ठले सहकारीको वाषिर्क प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट हातेमालो स्वणिर्म बचतकर्ताको रूपमा वेशीशहर २ का पद्मकुमारी थापालाई सम्मान गरेको छ। त्यसैगरी उत्कृष्ट दैनिक वचतकर्ता वेशीशहर-८ का गिता भुजेल, उत्कृष्ट बाल भविष्य वचतकर्ता वेशीशहर-८ कै स्मृति श्रेष्ठ, असल ऋण भुक्तानीकर्ता वेशीशहर-७ का विष्णुमाया रावल र सोना गुरुङसमेतलाई सम्मान गरिएको थियो ।

संचालक समितिका उपाध्यक्ष प्रभुराम प्रधानले स्वागत गरेको कार्यक्रममा संस्थाका कोषाध्यक्ष होमबहादुर रानाले आर्थिक प्रतिबेदन, लेखा समितिका संयोजक हुमबहादुर रावलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, रागिनास नगरपालिका प्रमख सिंहबहादुर थापा, मस्र्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङ, जिल्ला बचत सहकारीका अध्यक्ष दुर्गाभक्त धमला, वेसीसहर सहकारी समन्वय समितिका अध्यक्ष बिमल श्रेष्ठ संस्थाका पूर्वसल्लाहकार सोमराज घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width