Worldlink ads

हिमाली सांस्कृतिक परिवारमा शुभकामना

आदर्श समाज सम्वाददाता
असाेज २२, २०७५

पोखरा, २१ असोज ।हिमाली साँस्कृतिक परिवारले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । ‘नेपाली लोक संस्कृति बचाऔं’ नाराका साथ क्रियाशील हिमाली साँस्कृतिक परिवार पोखराले नेपालीहरुको महान चाड दशैं र तिहारको पूर्वसन्ध्यामा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथी प्रदेश सांसद इन्द्रधारा विष्टले हिमाली साँस्कृतिक परिवार सबैको नमुना संस्था भएको बताए । उनले हिमाली समयमा चल्ने, सबैको प्यारो स्वतन्त्र संस्था भएको भन्दै प्रसंशाका साथ संस्थालाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षता र सचिव श्रीजंग गुरुङले संचालन गरेको कार्यक्रममा हिमाली साँस्कृतिक कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति गरेका थिए। शुभकामनासँगै हिमालीले चियापान कार्यक्रमको समेत आयोजना गरेको थियो।

यसरी नै हिमाली साँस्कृतिक परिवारले कलाकार सहयोगकोषका लागि असोज २७ गते पोखरा उद्योग वाणिज्य संघको हलमा साँस्कृतिक दशै तिहार कार्यक्रम गर्ने अध्यक्ष गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

    • सहारा एकेडेमीको अक्षयकोषमा १५ लाख सहयोग

      आदर्श समाज सम्वाददाता माघ ५, २०७८
      पोखरा । सहारा क्लब पोखराले सञ्चालन गर्दै आएको सहारा एकेडेमीको अक्षयकोषमा रकम संकलन भएको छ । अक्षयकोषका लागि क्लब र ओएभिएस…
    • कोरोनाले लोककवि अलिमियाँ फुटबल प्रतियोगिता स्थगित

      आदर्श समाज सम्वाददाता माघ १, २०७८
      पोखरा । कोरोना महामारीको प्रभावका कारण तेस्रो लोककवि अलिमियाँ स्मृति खुला सेभेन ए साइड फुटबल प्रतियोगिता स्थगित भएको छ। आयोजक…
    • ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      हेमजा । पोखरा हेमजा निवासी ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण गरिएको छ । वडास्तरीय ज्येष्ठ नागरिक समितिले विशेष भेलाको आयोजना गरी…
    • प्रहरीद्वारा मास्क वितरण

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । पोखराको तुल्सीघाटस्थित अस्थायी प्रहरी बिटका प्रहरी तथा समाजसेवीको सहयोगमा १ हजार ५ सय मास्क वितरण गरिएको छ ।…
    • महिला उद्यमी संघको साक्षरता

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । महिला उद्यमी संघ नेपाल कास्कीले सातौं साधारण सभा अवसरमा कानुनी एवं बैंकिङ साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा…

    hero news full width