कास्की काँग्रेसमा महासमिति सदस्य चयन, जिल्ला सदस्यमा पाण्डे

आदर्श समाज सम्वाददाता
असाेज २१, २०७५

पोखरा, २० असोज। कास्की काँग्रेसका तीन वटा निर्वाचन क्षेत्रमा शनिवार महासमिति सदस्य चयन गरिएको छ। जिल्लाको साविक क्षेत्र १, २ र ३ मा महासमिति सदस्य चयन गरिएको हो। क्षेत्र ४ मा भने १३ औं महाधिवेशनकै समयमा सदस्य चयन गरिएको थियो। क्षेत्र १ मा  खुला र महिला दुवैमा निर्वाचनबाट चयन गरिएको छ। सो क्षेत्रबाट खुलातर्फ कृष्णबहादुर केसी (१६५), यज्ञबहादुर थापा (१४७), बुद्विमान गुरुङ (१२६) र गिरीराज गौतम (११६) विजयी भएका छन्। अन्य प्रतिस्पर्धी तिलक रानाभाटले एक सय आठ र सुदीपमोहन भट्टराईले ८८ मत प्राप्त गरेका थिए।

महिलातर्फ कोपिला रानाभाट (१०८) विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी चन्द्रावती पौडेलले ९८ मत ल्याइन्।

क्षेत्र २ मा खुलातर्फ सर्वसम्मत् महासमिति सदस्य चयन भए पनि महिलातर्फ निर्वाचन भएको छ। खुलातर्फ बाबुराम आचार्य, गुरु बराल, ऋषि काफ्ले र कृष्ण कार्की चयन हुँदा महिलातर्फ भएको निर्वाचनमा खेमकुमारी बराल विजयी भइन् । बरालले ७३ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिस्पर्धी शारदा पौडेलले ४१ मत ल्याइन्। सो क्षेत्रमा रिक्त रहेको जिल्ला सदस्यमा पुष्पेन्द्र पाण्डे सर्वसम्मत् चयन भएका छन्।

क्षेत्र ३ मा भने सर्वसम्मत् रुपमा महासमिति सदस्य चयन गरिएको क्षेत्रीय सभापति विजयराज आचार्यले जानकारी दिए। खुलातर्फ सोभियतबहादुर अधिकारी, देवराज चालिसे, रामजी कुँवर, केशर निर्दाेषी र महिलातर्फ वृन्दादेवी रानामगर चयन भएकी छन्।

Related News

सम्बन्धित समाचार

hero news full width