तराई सेवा समाजले गर्‍यो शुभकामना आदानप्रदान

सम्मान जोगाउनै गाह्रो : डा. मणिभद्र

आदर्श समाज सम्वाददाता
असाेज २१, २०७५
IMG_1308

पोखरा, २० असोज।तराई सेवा समाज पोखराले शनिवार शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ।

विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा आयोजित उक्त कार्यक्रममा संस्थाका संस्थापक तथा आजीवन सदस्यहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको आशनबाट नेपाल केशरी डा मणिभद्र मुनि महाराजले आशीर्वचन प्रदान गर्दै सम्मान पाउन भन्दा जोगाउन गाह्रो हुने बताए।

‘समाजसेवीले पाउने सम्मान नै हो’ उनले भने- ‘सम्मानको मर्यादालाई कहिल्यै भुल्न हुँदैन।’

पहाडको जल र मधेसको बल (अन्न)ले नेपाल धानिएको उल्लेख गर्दै उनले आपसी सद्भाव र एकता बढाउनमा समाजले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रमको उद्घाटन गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पोखराको विकासमा विभिन्न समाजको उल्लेखनीय योगदान रहेको चर्चा गर्दै तराई सेवा समाज पनि गठन भएकोमा खुसी व्यक्त गरे। हरेक सुख दुःखमा समाजको सहयोग महत्वपूर्ण हुने बताउँदै उनले भने – अब पोखरावासीले तराईंको संस्कृतिको पनि अवलोकन गर्ने अवसर पाउनेछन्।कार्यक्रममा समाजका सल्लाहकार डा दिपेन्द्र कुमार यादव, इ. वीरेन्द्रप्रसाद मण्डल, उदयकुमार सिंह, सल्लाहकार एवम् विधान संयोजक रमेश कुमार झाले शुभकामना मन्तव्य व्यक्त गर्दै लामो समयको प्रयासपछि संस्था गठन हुन सफल भएको भन्दै हर्ष प्रकट गरेका थिए।

समाजका अध्यक्ष पशुपति महतोको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष शैलजा झाले स्वागत मन्तव्य राखेकी थिइन्।

कार्यक्रमको सञ्चालन महासचिव उमेशकुमार मिश्रले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width