पोखरा फोटोग्राफर संघमा दाहाल

आदर्श समाज सम्वाददाता
असाेज २१, २०७५

पोखरा, २० असोज। पोखरा फोटोग्राफर संघ पोखरा, नेपालको ३७ औं साधारण सभा तथा अधिवेशनले रविनाथ दाहालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको प्रथम उपाध्यक्ष परशुराम आचार्य, द्वितीय उपाध्यक्ष जनकराज तिवारी, सचिव कपिल सापकोटा, सहसचिव लक्ष्मीपति पौडेल, कोषाध्यक्ष रामचन्द्र पोख्रेल, सदस्य चन्द्रप्रकाश पोख्रेल, नन्दकला पौडेल, विसुराज बराल, सञ्जीव लामिछाने र सुजन बराल चयन भए।

संघ अध्यक्ष तुलसीराम सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ समाजसेवी गणेशबहादुर श्रेष्ठ रहेका थिए।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, कैलाश सहकारी संस्था लि. का अध्यक्ष तथा गण्डकी प्रदेश अध्यक्ष दुर्गाप्रसाद पौडेल, लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष महेन्द्रप्रसाद चापागार्इं, भाँडा व्यवसायी संघका अध्यक्ष बलराम तिमिल्सिना, कैलाश सहकारी संस्थाका उपाध्यक्ष शिवहरि अधिकारि, फ्लोरिङ फर्निसिङ कास्कीका माधव भण्डारी, फोटाग्राफर संघ महिला उपसमिति संयोजक इन्दिरा शर्मा लगायत बोलेका थिए। सो अवसरमा संस्थामा उल्लेख्य सहयोग पुर्‍याउने विभिन्न पुरस्कारका अक्षयकोषदातालाई सम्मान समेत गरिएको थियो । कार्यक्रम संचालन संस्थाका सचिव परशुराम शर्माले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width