पोखराबाट ‘एक नम्बर’ ताङ्कासंग्रह

आदर्श समाज सम्वाददाता
असाेज २१, २०७५
DSC_0071

पोखरा, २० असोज। पोखराबाट पहिलो पटक ताङ्कासंग्रह लोकार्पण गरिएको छ । साहित्यका विभिन्न विधामा कलम चलाउँदैआएका देशभक्तसिंह कुँवरको पछिल्लो कृति ताङ्कासंग्रह ‘एक नम्बर’ शनिबार लोकार्पण भएको हो ।

मेघा एफएमको आयोजनामा भएको कार्यक्रममा समालोचक प्राडा रविलाल अधिकारीले सो कृति लोकार्पण गर्दै स्रष्टा कुँवरको बहुआयामिक प्रतिभाको प्रशंसा गरे । उनले विभिन्न ६४ कला हुनेमा स्रष्टा कुँवरले विभिन्न कलामा आफूलाई समाहित गराएको उल्लेख गरे।

स्रष्टा कुँवरले १० महिना अवधिमा विभिन्न विधामा योसहित छैटौं कृति पाठकमाझ आएको छ। उनले गत मंसिर १६ मा गजलसंग्रह ‘लभ स्टेशन’ सहित उनले हरेक महिनाजसो क्रमशः मुक्तकसंग्रह ‘सेतो संसार’, हाइकुसंग्रह ‘अमृतप्रेम’ र चोकासंग्रह ‘राजमहल’, सेदोकासंग्रह ‘नेपाली माया’ पाठकमाझ ल्याएका छन्। जापानबाट नेपाल भित्रिएको मानिने ताङ्कामा कलम चलाएका कुँवरको ‘एक नम्बर’ मा एक सय ५० वटा ताङ्का संग्रहित छन्। ताङ्का ५-७-५-७-७ अक्षरको नियममा बाँधिएर ५ लाइनमा लेखिने मीठो र चोटिलो साहित्यिक विधा हो। देशभक्तको ताङ्का पोखरामै पहिलो पटक पुस्तकको रुपमा आएको साहित्यकार असफल गौतमले बताए।

कृति समीक्षा गर्दै समीक्षक गौतमले नेपाली साहित्यको श्रीवृद्धिको लागि कुँवरको योगदान उल्लेख्य रहेको बताए। जापान भ्रमणमा रहँदा शंकर लामिछानेले बीसको दशकमा नेपालमा ताङ्का भित्राएको ताङ्काप्रति पछिल्लो पुस्ताको आकर्षण बढ्दो रहेको बताउँदै उनले ‘एक नम्बर’ ताङ्कामा राष्ट्रप्रेम, प्रकृत्रि्रेम, परदेश पीडा, सामाजिक विकृति विसंगतिमाथि तिखो प्रहार, विद्रोह, आत्मसम्मान बोलेको समीक्षाका क्रममा बताए। स्रष्टा कुँवरले विभिन्न विधामा लेखिएका अझै धेरै कृति पाइपलाइनमा रहेको र क्रमशः प्रकाशित गर्दै जाने बताए।

समारोहमा साहित्यकार सूर्य खड्का बिखर्ची, साहित्यकार तीर्थ गुरुङ, निवृत्त शिक्षक समुदाय कास्कीका अध्यक्ष तोयनाथ लामिछाने, अन्तर्राष्ट्रिय नेपाली साहित्यक समाज (अनेसास) गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह बाबा, संचारकर्मी अभिमन्यूविक्रम राणा लगायतले स्रष्टा देशभक्तको साहित्य कर्म अब एकत्रित हुनुपर्ने सुझाव दिए। कार्यक्रममा स्रष्टा परिचय संचारकर्मी अम्बिका राणाले गराएकी थिइन्।

साहित्यकार, संचारउद्यमी, नायक, गायक, संगीतकार, गीतकार, निर्देशकको फराकिलो परिचय बनाएका स्रष्टा कुँवर मेघा एफएमका प्रबन्ध निर्देशक, सम्पदा कला मन्दिर, पोखरा वाङ्मय प्रतिष्ठान, मुमताज मल्टिमिडिया र कुँवर राणा गार्डेन सोसाइटीमा हाल अध्यक्ष रहेको जनाइन्। हालसम्म एल्बम सहित झण्डै ३ दर्जन कृति उनले सार्वजनिक गरिसकेको राणाले बताइन्। समारोहमा देशभक्तको माता रामदेवी कुँवरको विशेष उपस्थिति थियो। पोखरा वाङ्मय प्रतिष्ठान प्रकाशक रहेको सो कृति विमोचन समारोह एफएम अध्यक्ष क्षेत्रबहादुर कुँवरको अध्यक्षतामा भएको हो। संचारकर्मी तिर्सनालक्ष्मी गुरुङले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन संचारकर्मी देवेन्द्र एसकेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…
  • सरसफाइ विज्ञ भूमिको पुस्तक विमोचन   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    दमौली ।  सरसफाइ विज्ञ नमस्तेलाल भूमिबारेमा लिखित ‘नमस्तेलाल देशभित्र, देशबाहिर’ पुस्तकको आज विमोचन गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका निवासी…

hero news full width