फुटबल प्रतियोगितामा सहयोग जुट्दै

आदर्श समाज सम्वाददाता
असाेज १९, २०७५

हेमजा, १८ असोज। लाहाचोकस्थित माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबको आयोजनामा असोज २४ देखि २९ गतेसम्म महेन्द्र माविमा प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको लागि सहयोग रकम समेत जुट्दैछ।

हालसम्मको उपलब्धिबारे जानकारी दिन आयोजित कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा ४ का अध्यक्ष पूर्णबहादुर शाहीले फुटबल खेल केवल मनोरञ्जनका लागि मात्र नभई व्यवसायिकताका लागि पनि हुने औल्याए। उनले वडाको तर्फबाट ७८ हजार आर्थिक सहयोग गर्ने घोषणा पनि गरे।

मुख्य प्रायोजक गल्फ रिटायर कृषि र्फमका प्रोप्राइटर ओमप्रकाश अधिकारीले खेल माध्यमबाट आफ्नो वडा, देश विदेशमा परिचित बनाउनुपर्ने बताए । उनले स्वच्छ नागरिकको लागि खेलको महत्वपूर्ण भूमिका रहने बता । प्रतियोगितालाई र्फमतर्फबाट ८० हजार ८ सय ८ सहयोग गर्ने पनि जनाए।त्यस्तै सुशील स-मिलका प्रोप्राइटर शिव भण्डारीले ५१ हजार १ सय ११ प्रदान गर्ने घोषणा गरेका छन्।

मर्दी हिमाल ट्रेकिङ स्टोर्सका संचालक केशवराज बास्तोलाले अनुशासित टीमलाई, अनिल ढुवानी सेवाका संचालक अनिल नेपालीले वेष्ट प्लेयरलाई, डि्रम्स क्यानोनिङ संचालक बोनी गुरुङले हाईस्कोररलाई, लबी क्षेत्रीले उत्कृष्ट किपरलाई, एञ्जल-एञ्जिला ढुवानी सेवाका प्रोप्राईटर सन्तबहादुर नेपालीले म्यान अफ दि म्याच पुरस्कार प्रदान गर्ने जनाए।

यसैबीच, मर्दिखोला कृष सुनचाँदी पसलका संचालक कृतिमान सुनार र वि.भाञ्जा हृयाचरीबाट जर्सीप्रदान गरिएको थियो।

त्यस्तै फुटबल खेलाडी नीरज शाहीले ५ थान बल साथै १ थान पम्प सहयोग गरे। प्रतियोगिताका गतिविधिबारे जानकारी दिँदै सहसंयोजक पानबहादुर जिसीले देश विदेशबाट गरी बुधवारसम्म ६ लाख अर्थ संकलन गरिसकिएको जानकारी दिए।

क्लब अध्यक्ष निरज शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सह-संयोजक विदुरचन्द्र ढकालले स्वागत र सचिव राजेन्द्र गौतमले संचालन गरेका थिए। प्रतियोगितामा १२ टिम सहभागी हुनेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width