चितवन, १८ असोज । पूर्वी चितवनको खैरहनीमा विहीवार ट्रक ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्वीबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ९८६१ नम्बरको ट्रकले पूर्व-पश्चिम राजमार्गको खैरहनीस्थित चौबीसकोठी चोकमा नम्बर नखुलेको मोटरसाईकललाई बाटो काट्दै गर्दा ठक्कर दिएको थियो।
घटनामा परी मोटरसाईकल चालक खैरहनी नगरपालिका वडा २, चैनपुरका अन्दाजी ४५ वर्षीय सोना महतोको घटनास्थलमै मृत्यु भएको हो।
मोटरसाईकल पछाडि सवार महतोकी श्रीमती जेनी घाइते भएकी छन्। उनको भरतपुरस्थित एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भईरहेको छ।
घटना लगत्तै आक्रोशित स्थानीयले ट्रकमा आगजनी गरेका छन्। आगजनीबाट ट्रकको अगाडिको भाग जलेको छ। ट्रकचालक प्रहरी नियन्त्रणमा छन्।
Related News
सम्बन्धित समाचार
लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकियो, काम अधुरै
hero news full width
मुख्य समाचार
कामचलाउ सरकारको आयु लम्बियो
कास्कीका सहकारी पीडित एउटै मोर्चामा : बन्यो संयुक्त संघर्ष समिति
वैशाख १०, २०८१अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
वैशाख १०, २०८१कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
वैशाख ९, २०८१मिटरमा जान नमान्ने ट्याक्सी फन्दामा
वैशाख ९, २०८१मन्त्री चुमानले सम्हाले अर्थ मन्त्रालयको कार्यभार, लगानी सम्मेलन प्राथमिकतामा
वैशाख ९, २०८१