राईजिङ स्टार युथ क्लबको रक्तदा

आदर्श समाज सम्वाददाता
असाेज १९, २०७५
blood donashan 18

लेखनाथ, १८ असोज। पोखरा २७, रिठेपानीस्थित राईजिङ स्टार युथ क्लबले विहीवार आयोजना गरेको १२ औं खुला रक्तदानमा ७९ युनिट रगत संकलन भएको छ।

पोखरा वडा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता हरिबहादुर जिसीलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष गुरुङले प्रत्येक ३/३ महिना अवधिमा रक्तदान गर्दा स्वास्थ्य राम्रो हुने र त्यही खेर जाने रगत बिरामीका लागि अमूल्य हुने भएकाले रक्तदानलाई सामाजिक कामको रुपमा पनि लिन सुझाव दिए।

क्लब अध्यक्ष विष्णु गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य संयोजक अञ्चल गुरुङले गरेका थिए।

क्लबले आफ्नो टोल वरपर सरसफाइ र युवाका लागि लागु औषध सचेतना कार्यक्रम गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width