सहारा हाइकिङबाट अस्पताललाई २४ लाख

आदर्श समाज सम्वाददाता
असाेज १८, २०७५

पोखरा, १७ असोज। पश्चिमी विकट जिल्ला कालिकोटमा १५ शैयाको राजकोट सामुदायिक अस्पताल निर्माणको लागि हङकङका नेपालीहरुले सहयोग रकम जुटाएका छन्।

सहारा क्लब हङकङद्वारा आयोजित हाइकिङ कार्यक्रमका सहभागीले व्यक्तिगत र संस्थागत रुपमा अस्पतालका लागि सहयोग रकम जुटाएका हुन्।

क्लबले पोखराको सहारा एकेडेमी सहयोगार्थ आयोजना गरेको करिब ९ किलोमिटर लामो हाइकिङमा करिब ४ सय जना सहभागी थिए। हाइकिङमा बालबालिकादेखि ७० वर्षका वृद्धवृद्धा सहभागी थिए। हाइकिङका लागि भन्दै प्रत्येक सहभागीले क्लबलाई हङकङ डलर २ सय ५० प्रदान गरेका थिए। ‘स्वास्थ्य नै धन हो’ भन्ने मुख्य नाराका साथ शुरु भएको अभियानमा क्लबले सहभागीलाई जीवन बिमाको समेत व्यवस्था गरेको थियो ।

कार्यक्रमको मुख्य आकर्षक व्यक्तित्व सञ्चारकर्मी रवि लामिछानेलाई निम्तो गरिएको थियो। हाइकिङको हङकङस्थित नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईले उद्घाटन गरेका थिए।

बचत रकम कर्णालीको सामुदायिक अस्पताल सहित सहारा एकेडेमीमा लागि प्रदान गरिने क्लब उपाध्यक्ष बिल तामाङले बताए। क्लब अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार तुलसी गुरुङ र क्लब महासचिव कुमार गुरुङले बोलेका थिए । क्लबले डिनर नाइट गर्नुका साथै एनआरएन हङकङ संघ र नमोबुद्ध आमा समूह समूहसँग सञ्चारकर्मी लामिछानेले अन्तक्रिया समेत गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width