मेहताले पोखरामा मनाए जन्मदिन

आदर्श समाज सम्वाददाता
असाेज १८, २०७५
asok

लेखनाथ, १७ असोज। नेपालीलाई अति माया मान्ने भारतीय ले. जनरल अशोक के. मेहताले आफ्ना सहपाठी भूपू सैनिकमाझ बुधबार आफ्नो ८० औं जन्मदिन पोखरामा मनाएका छन् ।

पोखरा ३२, लामेहालस्थित बुद्धिमान गुरुङको घरमा भारतीय भूपू सैनिकद्वारा आयोजित विशेष कार्यक्रममा मेहताको जन्मदिन कार्यक्रम भएको हो ।

उमेरले बुढ्यौली लागे फूर्तिला देखिने मेहताले आफ्नी धर्मपत्नी अदितीको आग्रहमा यहाँ आएर जन्मोत्सव मनाएको बताए। पोखराको विन्ध्यवासिनी मन्दिरमा सन् १९९३ मा अदितीसँग विवाह बन्धनमा बाँधिएको सम्झनामा उनले जन्मदिन कार्यक्रम पर्यटकीय नगरी पोखरामा तय गरेका हुन्।

विसं २०१६ सालदेखि वाषिर्करुपमा नेपालको भ्रमण गर्दै आएका उनले नेपाल भारतको सम्बन्धलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width